कञ्चनपुर,
अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम चितवनमा संचालन भैरहेको महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता-२०७८ मा धनगढी उपमहानगरपालिकाले लगातार दोस्रो जित निकालेको छ।

चितवनको भरतपुरमा सोमबार भएको खेलमा धनगढीले चन्द्रपुर नगरपालिकालाई २-१ गोल अन्तरले हराएको हो ।धनगढीले सुरुआती एक गोलको अग्रता लाई पन्छाएर जित निकालेको हो ।

खेलको ४४ औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई सुरुआती अग्रता दिलाएकि थिइन्। तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बिर्शना चौधरीले गोल गर्दै धनगढीलाई १-१ गोलको बराबरीमा ल्याउन सफल भइन्। त्यसपछि पहिलो हाफको इन्जुरी समयकै चौंथो मिनेटमा चन्द्र भण्डारीले गोल गर्दै धनगढीलाई २-१ को अग्रता कायम राख्दै दोस्रो जित दिलाउन सफल भइन्। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चन्द्रा भण्डारी प्लेर अफ दि म्याच समेत घोषित भइन।
उनले दस हजार समेत हात पर्न सफल भइन्। धनगढी लगातार दोस्रो जित संगै ६ अंक जोड्न सफल भएको छ।
उनले दस हजार समेत हात पर्न सफल भइन्। धनगढी लगातार दोस्रो जित संगै ६ अंक जोड्न सफल भएको छ।महिला लिगमा ८ टिमको सहभागिता रहेको छ । जसमा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहेको छ ।











