कञ्चनपुर : नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले पढाउन छाडेर प्राध्यापकको मार्यादा विपरित पार्टीको काममा होमिने, संगठन विस्तार गर्ने प्राध्यापकलाई कार्बाहीको माग अघि सारेको छ । नेवि संघले प्राध्यापक जस्तो प्राज्ञिक व्यक्तित्वबाट अप्रागिक, अर्मायादित गतिबिधी भईरहेको भन्दै सुदूरपश्चिम विश्वविद्यालय र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको ध्यानाकर्षण गराएको छ ।

नेवि संघ कञ्चनपुरका युवा नेता बिक्रम बुढाले केही प्राध्यापक आफ्नो काम कर्तव्यलाई तिलाञ्जली दिएर पार्टीको काममा होमिएकाले पठन पाठनमा प्रभाव परेकाले यस्ता प्राध्यापक माथि कार्बाही गर्न केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्द र प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेलाई ज्ञापन पत्र बुझाएका छन । बेथिति विश्वविद्यालयको अर्को रुप सुप विश्वविद्यालयमा विद्यार्थीको भविष्य भन्दा आफ्नो व्यक्तिगत र पार्टीको चाकरीमा प्राध्यापक होमिएको भन्दै नेवि संघले यस्ता प्राध्यापकको गतिबिधीको भत्र्सना प्रकट गरेको छ । नेवि संघले कुन पार्टीको कुन संगठनको प्राध्यापक मार्यादा विपरित पाटीको काममा होमिएको बारे खुलाएको छैन ।

