कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना गराईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीलाई ट्राफिक सचेतना गराएको हो । सवारी साधन दुर्टघटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विश्वविद्यालय स्नातक तहका विद्यार्थीलाई सचेतना गराएको छ । विश्वविद्यालय बिएसडब्लूका विद्यार्थी लक्षित गरेर ट्राफिक प्रहरी कञ्चनपुरले दुर्घटना न्यूनिकरण बारे सोमबार जनचेतनामुलक अभिमुखीकरण गराएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका इन्चार्ज प्रहरी निरीक्षक केशव भट्टले सवारी दुर्घटनाको स्थानीय, राष्ट्रिय एव अन्र्तराष्ट्रिय अवस्था, दुर्घटनाबाट बाँच्ने बारे समेत गराएका छन ।

ट्राफिक प्रहरी इन्चार्ज भट्टले कुनैपनि सवारी साधन चलाउनका लागि चालक अनुमती पत्र (लाईसेन्स) सहितका कानुनी विषय र नियम पालना गरेर मात्रै चलाउनुपर्ने बताए । दुर्घटनाबाट जोगिनका लागि ट्राफिक नियम पालना गरेर मात्रै चलाउँदा समेत थुप्रै दुर्घटनाबाट जोगिने सकिने उनले बताएका थिए । ट्राफिक इन्चार्ज भट्टले व्यवहारिक जिवनमा समेत ट्राफिक नियम पालना गर्नुपर्ने सुझाव दिएका छन । ट्राफिक प्रहरीको सचेतनामुलक कक्षा पाएसंगै विश्वविद्यालयमका विद्यार्थीले ट्राफिक नियम बारे थुप्रै जानकारी पाएको र व्यवहारिक जिवनमा कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सावरी दुर्घटनाबाट जोगिनका लागि विभिन्न विद्यालयमा नियमित ट्राफिक सचेतना कक्षा संचालन गराउँदै आएकोछ ।

