१४ बर्षपछि जबरजस्तीकरणी मुद्दामा अभियुक्त पक्राउ

कञ्चनपुर: १४ बर्षपछि जबरजस्तीकरणी मुद्दा फरार अभियुक्त पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जबरजस्तीकरणी मुद्दा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले जबरजस्तीकरणी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका १० बस्ने किशन महर भनिने कृते महरलाई पक्राउ गरी जेल पठाएको बताए ।

उनका अनुसार १६ जेठ ०६४ सालमा महरलाई ३ बर्ष कैद फैसला गरेको थियो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवन गुरुङ नेतृत्वमा घरबाटै पक्राउ परेका महरलाई अदालत पेश गरिएको थियो । अदालतबाट सिधै कारागार चलान गरिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न अपराध गरेर लुकिछिपी बसेकाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ ।

ताजा समाचार