शुक्लाफाँटाका मेयर ऐरीले पाँच बर्षमा गरेका काम बारे पार्टीलाई विवरण बुझाए

कञ्चनपुर: ०७४ सालमा सम्पन्न भएको स्थानीय तहको चुनावमा कञ्चनपुरको शुक्लाफाँटा नगरमा काँग्रेसबाट मेयरमा जितेका काँग्रेस नेता दिल बहादुर ऐरले पार्टीलाई कार्य विवरण बुझाएका छन । आगामी बैशाख ३०मा हुने स्थानीय तहको चुनावको मिति नजिकिदै जाँदा शुक्लाफाँटा नगरका मेयरले आफुले पाँच बर्षमा जनताका लागि गरेका कामको विवरण बुझाएका हुन । आइतबार मेयर ऐरले काँग्रेसलाई कार्य विवरण पेश गरेको काँग्रेस कञ्चनपुरका युवा नेता आकास ऐरले बताए ।

काँग्रेस युवा नेता ऐरका अनुसार शुक्लाफाँटा नगरका प्रमुख ऐरले नेपाली काँग्रेस, नगर कार्य समिति, क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई कार्य विवरण बुझाएका थिए । मेयर ऐरले सुशासन, समाजिक कार्य, शैक्षिक विकास, पर्यटन विकास, आर्थिक विकास, पूर्वाधार विकास वन तथा वातावरण विकास शिर्षक राखेर बुझाएका छन । यसलाई कसैले भावि चुनावमा टिकट दावि त, कसैले चुनाव जितेपछि पार्टीलाई जानकारी गराउने मात्रै उदेश्य भएको टिप्पणी गरिरहेका छन ।

ताजा समाचार