महेन्द्रनगर : कञ्चनपुरमा एमाले र काँग्रेस परित्याग गर्दै ४५ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । आईतवार पार्टी कार्यालयमा ४५ जनलाई स्वागत सहित पार्टीमा प्रवेश गराईएको जिल्ला उपसचिव राजेन्द्र पाण्डेयले जानकारी दिएका छन् । कार्यक्रमको प्रमुख अतिथीमा रहेका लालबहादुर खडकाले नव प्रवेशीहरुलाई स्वागत सहित अब हुने बैशाख ३० गतेको स्थानीय चुनावमा नेकपा एकिकृत समाजवादीलाई पहिलो नम्वरमा ल्याउने हेतुले सबैले आआफनो तह तप्काबाट साथ र सहयोग गर्न आग्रह गरे, सबै मिलि नेकपा एकीकृत समाजवादीलाई बलियो बनाई स्थानिय र संसदिय चुनावमा विजयी गराए मात्र यस पार्टिले जनताको सेवा गर्ने उनले बताए । उनले भने ‘भीनपा १ मा स्थानियको मन जित्दै सबै भन्दा बलियो पार्टि भएर आउने आफुलाई विश्वास रहेको बताए ।’

पार्टी प्रवेश गर्ने हरुमा कमल बहादुर विष्ट, धोज बहादुर विष्ट, लक्ष्मण तिरुवा, तपेन्द्र महरा, कर्णबहादुर विष्ट, कृष्ण बहादुर विष्ट, पदम विष्ट, प्रसाद जोशि धन बहादुर विष्ट, महेश विष्ट, रमेश प्रसाद भट्ट, प्रकाश भण्डारी, सुरज भण्डारी, सुर्दशन जोशी, जित बहादुर विष्ट, हिकक्मत बहादुर विष्ट, अम्मर विष्ट, माधबी वडु (कुँवर), राजमति विष्ट कुंवर, सुना तिरुवा रहेका छन्, यसैगरी, धौली खत्री, जनक विष्ट, राम परियार, कृष्ण शार्की, हरेन्द्र विष्ट, केशव बिष्ट, प्रदिप कुँवर, डम्मर बहादुर विष्ट, लला बहादुर विष्ट, अक्कल बहादुर विष्ट, कृष्ण विष्ट, हिरा ुकँवर, मदन विष्ट, हरु देबी सुनार, सुरेन्द्र विष्ट, देवेन्द्र धानुक , राधा कुँवर, हरिना सुनार, कर्ण बहादुर विष्ट रहेका छन्। यस्तै, जयन्ति विष्ट, तिलक राज जोशी, नरसिंह् धामी, काशी विष्ट गोविन्द विष्ट, पृत बहादुर विष्ट, विनोद चौधरी, र राजसिंह धामीले पार्टी प्रवेश गरेका हुन् । कार्यक्रममा बिशिष्ट अतिथीमा पूर्व राज्य मन्त्री प्रकाश रावल, जिल्ला पार्टी उपसचिव राजेन्द्र रावल, लगायत प्रदेश स्तरका नेता कार्यकर्ताहरुको सहभागी रहेको थियो ।

