महिला संघ समाजवादी शुक्लाफाँटा नगरको अध्यक्षमा लावड

कञ्चनपुर :अखिल नेपाल महिला संघ (समाजवादी) शुक्लाफाँटा नगरको अध्यक्षमा जानुका श्रेष्ठ(लाबड) चयन भएका छन । बुधबार अखिल नेपाल महिला संघ (समाजवादी) शुक्लाफाँटा नगरको भेलाले जानुकाको अध्यक्षमा कार्य समिति चयन भएको छ ।
समाजवादी कञ्चनपुरका युवा नेता प्रज्वल कुँवरले सहमतीय आधारमा अखिल नेपाल महिला संघ (समाजवादी) शुक्लाफाँटा नगरको सहमतीय आधारमा कमिटि विस्तार भएको बताए । उपाध्यक्ष पबित्रा सुनार, लक्ष्मी राना, कविता डगौरा, सचिव निलम जोशी, सह सचिव राजमती जोशी, निशा बडायक, प्रेमती राना, कोषाध्यक्ष नन्दादेवी साउद लगायत १ सय ११ सदस्यीय नगर कमिटि चयन भएको छ ।
अखिल नेपाल महिला संघ(समाजवादी) कञ्चनपुरका अध्यक्ष विष्ना पन्तको अध्यक्षमा भएको कार्यक्रममा समाजवादी सुप प्रदेश इन्चार्ज गरिमा शाहको प्रमुख आथित्यमा भएका थियो ।

ताजा समाचार