महेन्द्रनगर : नेकपा एकिकृत समाजवादी कञ्चनपुरले शुक्लाफाँटामा १ सय ११ सदस्यीय अखिल नेपाल महिला संघ समाजवादी शुक्लाफाँटा नगर कमिटी गठन गरेको छ । जानुका श्रेष्ठ लावडको अध्यक्षतामा १ सय ११ सदस्यीय नगर कमिटी गठन गरिएको हो ।
उपाध्यक्षमा पवित्रा सुनार, लक्ष्मि राना, कबिता डङौरा, सचिव निलम जोशी सहसचिव राजमती जोशी,निशा बडायक, प्रेमवती राना, कोषध्यक्ष नन्दा देशी सावद रहेको पार्टी जिल्ला सदस्य तथा अनेरास्ववियू जिल्ला सह सयोजक प्रज्वल कुँवरले जानकारी दिएका छन् ।
जिल्ला कमिटी सदस्य बिश्ना लुहारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथीमा पार्टी सुदूरपश्चिम ईन्चार्ज गरिमा शाह, बिशिष्ट अतिथीमा,केन्द्रिय पोलिट ब्युरो सदस्यरामकुमार ज्ञवाली, प्रदेश उपसचिव माया भटट, अखिल नेपाल महिला संघ प्रदेश अध्यक्ष माया पन्त, अनेरास्ववियु केन्द्रिय उपाध्यक्ष तथा प्रदेश सदस्य माधव पन्त लगाउयतको उपश्थिती रहेको थियो ।
