पुनर्वासका प्रभावशाली एमाले नेताहरु समाजवादीमा प्रवेस

कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका प्रभावशाली नेता कार्यकर्ता धमाधम एमाले परित्याग गर्दै नेकपा एकिकृत समाजवादीमा प्रवेस गरिरहेका छन । एमाले मुल नेतृत्व नै दोषि रहेको भन्दै एमाले नेता कार्यकर्ताले पार्टी परित्याग गर्दै धमाधम समाजवादीमा प्रवेस गरिरहेका छन ।

समाजवादी निकट कञ्चनपुरका युवा नेता रमेश पन्तले दैनिक पुनर्वास सहित जिल्लाका विभिन्न पालिका स्थानबाट एमाले परित्याग गर्दै समाजवादीमा प्रवेस गर्नेहरुको ओईरो लागेको बताए । उनका अनुसार मगलबारमात्रै पुनर्वासका एमाले नेता कार्यकर्ता समाजवादीमा प्रवेस गरेका छन । पुर्वमन्त्री लाल बहादुर विकका छोरा सुरेश गजुरेल, राख खाती, तेजु चौधरी, राम बहादुर चौधरीले समाजवादी प्रवेस गरेका हुन ।

उनीहरुलाई कञ्चनपुरका अध्यक्ष जिवन थापा, प्रदेशका उप सचिव तथा आर्थिक मामलामन्त्री तारालामा तामाङ्ग सहितले स्वागत गरेका छन । अहिले एमाले नेताहरुले हारेका नेता कार्यकर्ताहरुलाई धमाधम जिल्ला कमिटि सदस्य बनाएको भन्दै आक्र्रोस पोखिरहेका छन ।

ताजा समाचार