‘निर्वाचनमा कांग्रेंस, कम्युनिष्टको पञ्जाबाट मुलुकलाई मुक्त गरौं’ : राप्रपा अध्यक्ष लिंगदेन


पप्पु गुरुङ्ग, दोधारा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेका राजनीतिक दलहरुले देश लोकतन्त्र, गणतन्त्रको नाममा लुटतन्त्र भएको बताएका छन् । आज दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बिशाल आमसभा तथा पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सो कुरा बताएका हुन् । उनले अहिलेका राजनीकि दलका नेताहरुले राजनीतिलाई पैसा कमाउने पेशा बनाएको प्रति आक्रोश व्यक्त गरे । अब ति काँग्रेस कम्न्युनिष्ठ बिरुद्ध भण्डाभोर अभियान गर्नुपर्ने बताएका छन् । यस लागी जनताले भोट दिदा गम्भिर हुन जरुरी भएको बताएका छन् । अध्यक्ष लिङ्गदेनले राप्रपा पार्टीमा जसरी नेतृत्व परिवर्तन गर्‍यो त्यसरी जनमतको कदर गर्दै अब देश शत्ता परिवर्तन गर्ने समेत बताएका छन् । देश बिग्रीए संगै लाखौ युवाहरुको भविष्य पनि अन्धाकार तर्फ धकेलिदैछ त्यसैले सबै एकजुट भएर परिर्वतनको पक्षमा लाग्न समेत लिङदेनले आग्रह गरेका छन् । अध्यक्ष राजेन्द्र लिङदेलले कांग्रेंस र कम्युनिष्टको विकल्प खोज्न जनतालाई आग्रह गरेका छन् । ‘अब हुने स्थानिय तह, प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा जनताले राजनीतिक दल संग बद्ला लिने मौका आउछ’, उनले भने ।, ‘निर्वाचनमा कांग्रेंस, कम्युनिष्टको विकल्प खोजौं ।

यिनीहरुको पञ्जाबाट मुलुकलाई मुक्त गरौं ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनितिक दलका नेताहरुले जन विश्वास गुमाएको टिप्पणी गरेका छन् । बिगतका कमिकमजोरी सच्याएर अघि बढ्दै राजसंस्थालाई अभिभावक बनाएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको ब्यवस्था अबको आवश्यकता भएको उनको दावी गरे । कांग्रेस, एमाले र माओवादी अलग–अलग पार्टी नभएको बताएका छन् । ‘यी अलग–अलग पार्टी होईनन्, साईनबोर्ड, झण्डा र कार्यालय मात्र फरक हुन्,’ अध्यक्ष लिङेलले भने– ‘भ्रष्टाचार गर्न, बिदेशीको सेवा गर्न र देशलाई दुर्गतिमा हाल्न यि सबै एक हुन्छन, कसरी अलग पार्टी भए ।’ उक्त अवसरमा अध्यक्ष लिङ्देनले बिभिन्न भ्रष्टाचारका प्रकरणमा यी तीन पार्टी मुछिएको बताए । ललिता निवास, वाईडबडी, एनसेल कर छलि लगाएतका बिभिन्न भ्रष्टाचारका प्रकरणहरुमा कांग्रेस, एमाले र माओवादी संग संगै भएको आरोप उनले लगाए । ‘अहिले एमसीसीमा सबै एकजुट भए, हिजो महाकाली सन्धीमा पनि यसरी नै मिलेका थिए,’ अध्यक्ष लिङ्देनले भने, ‘महाकाली सन्धी पारित भएमा पश्चिमबाट सूर्य उदाउछ भनेर भाषण गर्नेहरुले अहिले एक थोपा पानी पनि दिलाउन सकेका छैनन् । त्यसको साक्षी तपाईहरु हुनुहुन्छ ।’

राप्रपा अध्यक्ष लिङ्देनले यी तिन वटै पार्टीहरुले नेपालमा बैदेशिक हस्तक्षेप निम्त्याएको आरोप समेत लगाए । नेपालमा शक्ति राष्ट्रहरुको चलखेल बढेको र त्यसको असर सारा नेपालीले भोग्नु पर्ने अवस्था आउन थालेको उनको भनाई थियो । ‘गल्ती यिनीहरुले गरिरहेका छन्, त्यसको सजाय निर्दोष नेपालीहरुले पाईरहेका छन्,’ उनले भने, ‘त्यसैले छोरीको बिहे गर्दा जसरी हामी हजारौं पटक सोच्छौं, त्यो भन्दा बढी लाखौं पटक सोचेर भोट गरौं ।’ छोरीको बिहे गर्दा कुटुम्ब कस्तो पर्छ भनेर अनेक खोजीनिती गर्ने गरेको उदाहरण लिङ्देनले दिए । ‘केटोको आनिबानी कस्तो होला ? जाड, रक्सी त खादैन ? केटी घुमाउदै हिड्छ कि भनेर रातभर निन्द्रा लाग्दैन, एकपटक होइन्, हामी हजारौं पटक सोचबिचार गछौं,’ उनले भने, ‘घरको छोरी नराम्रो केटाको हातमा परिन भने परिवारले दु:ख पाउने हो, तर देश नराम्रो पार्टीको हातमा दिदा सारा जनताले दु:ख पाउने भएकाले त्यो भन्दा बढी पटक सोचेर भोट गरौं ।’ आमसभामा राप्रपाका प्रबक्ता तथा भ्रष्ट्रचार बिरुद्धको सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएत पार्टीले देशलाई भुमरीमा हाली सिध्याउन थालेको. आरोप लगाएका छन् ।

पुर्व मेची देखि पश्चिम महाकाली सम्मका जनता राप्रपामा प्रबेश गर्नेको लहर लागेको बताउदै राप्रपाका प्रबक्ता ज्ञानेन्द्र शाहीले राप्रपालाई एक पटक मौका दिन भ्रष्टाचार देशैबाट निर्मुल गर्ने बताएका छन् । आमसभामा राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेल, पार्टी प्रबक्ता तथा भ्रष्ट्रचार बिरुद्धको सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, पार्टी महामन्त्री कुन्ती शाही, पार्टी प्रदेश अध्यक्ष धर्मराज जोशी, केन्द्रिय सदस्य तिर्थराज चटौत, माननिय तथा राप्रपा दोधारा चाँदनीका बरिष्ठ नेता ईन्द्र बहादु खत्री, पार्टी क्षेत्रिय अध्यक्ष बिक्रम चन्द, पार्टी प्रदेश सदस्य तामन सिंह गुरुङ्ग, पार्टी महिला नेत्री तथा पुर्व केन्द्रिय सदस्य शान्ती माया सुनुवार, महिला नेत्री नन्दा खत्री लगाएत राप्रपाका जिल्ला तहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

आमसभामा नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र परित्याग गरि ५ सय बढी नेता तथा कार्यकर्ता राप्रपामा प्रबेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीले जनाएको छ् । प्रबेश गरेका नव आगन्तुक नेता तथा कार्यकर्ताहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले अबिर माला लगाएर स्वागत गरेका थिए ।

 


ताजा समाचार

spot_img