स्वास्थ्यकर्मीहरुका लागि दुई दिने मनोविमर्श तालिम


कञ्चनपुर:निड्स नेपालले कञ्चनपुरको भिमदत्त नगरपालिकाका अन्तर्गतका २० जना र कृष्णपुर नगरपालिकाका ६ जना स्वास्थ्यकर्मीहरु लाई दुई दिने मनोसामाजिक परामर्श तालिमको समापन गरिएको छ ।No description available.लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर) को आर्थिक सहयोग र टिपिओ नेपालको प्राविधिक सहयोगमा सो तालिमको संचालन गरिएको हो । कोभिड १९ बाट प्रभावितहरुको मनको भाव बुझी सो अनुसार कसरी परामर्श गर्ने र उनीहरुबाट नै समस्या समाधानका लागि पहल कसरी गराउन सकिन्छ भन्ने कुराको तालिममा विशेष जोड दिईएको थियो । समाजमा विभिन्न किसिमका व्यक्तिहरु, समुहहरु छन उनीहरुको पिडा, आवेगहरु आ आफनै किसिमको रहेको छ । सो भावलाई बुझी सेवा दिनु पर्ने हुन्छ । यदि सेवाग्राहीको सहानुभतीको आधारमा सेवा दिन सकिएन भने जहिले पनि सेवाग्राहिले सेवा प्रदान गर्नेहरुबाट असुन्तष्ट प्रकट गरिरहेको हुन्छ ।
No description available.निड्सका कोषाध्यक्ष रविन्द्र देवकोटाले संस्थाको कामको जानकारि गराउनुका साथै तालिमले मनोविमर्श सेवामा केहि हदसम्म सहयोग गर्ने कुरामा जोड दिनु भएको थियो । तालिमको सहजीकरण टिपिओ नेपालका भरत गौतमले गर्नु भएको थियो । निड्स नेपालले कोभिड-१९ को पहिलो, दोस्रो र तेस्रो लहरमा सुदुरपश्चिमको ९ वटै जिल्लाका जिल्ला अस्पतालहरु, पालिका स्तरमा र स्वास्थ्य संस्थामा सहयोग गरेको र गर्देै आईरहेको निडस नेपालका कार्यक्रम संयोजक विनोद सिंह कडाराले जानकारी दिनु भएको थियो ।No description available.
उक्त तालिममा निड्स नेपालका रोशनी धामी,भावना जोशि र ज्योती नेगी समेतको उपस्थिति रहेको थियो । तालिमका सहभागी शुसिला राना र भरत ब. विष्टले मनोविमर्श तालिम वास्तवमा आफुहरुलाइए नयाँ भएको र यसले सेवा ग्राहीको भावनालाई बुझी काम गर्नु पर्ने,सेवालाई अझै प्रभावकारी बनाउन सहयोग पुग्ने र हामीहरुलाई खेल माध्यम र अन्तरक्रियात्मक किसिमले तालिम संचालन गरेकोले बुझन सजिलो भएको कुराको जानकारी गराएका थिए। एलडब्लुआरको आर्थिक तथा प्राविधिक सहयोगमा निड्स नेपालले कञ्चनपुरका भीमदत्त नगरपालिका, कृष्णपुर नगरपालिका र पुनर्वास नगरपालिका क्षेत्रमा रिकभर कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ताजा समाचार

spot_img