महेन्द्रनगर : डडेल्धुरामा घरदैलो कार्यक्रम गर्न गएका नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई स्थानियहरुले विरोध गरेका छन् । सोमवार अमरगढी नगर पालिका १ मालममा गएका नेता कार्यकर्ताहरुलाई झुटा आश्वासन चाहिदैन भन्दैन उनिहरुले विरोध गरेका हुन् ।

विगतका ५ वर्षमा एकपटक पनि अनुहार नदेखाउने नेता कार्यकर्ताहरुले विकासको नाममा केहीपनि नगरेको भनेर आक्रोश पोख्दै जुनसुकै पार्टीका नेता कार्यकर्ताहरुलाई आफनो वडामा आउन निषेध गरिएको स्थानिय युवा सुरत तमोलीले बताएका छन् । उक्त क्षेत्रका स्थानियहरुले आफनो ठाउँमा नेता कार्यकर्ताहरुलाई निषेध गरिएको भन्दै व्यानेर टाँसेका छन् ।

