कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिल बहादुर ऐरको आजभोली निकै व्यस्तता बढेको छ । नगर प्रमुख ऐर नगरपालिका मातहतमा रहेका कार्यालयको अनुगमनको कार्यलाई तिव्रता दिदै आउनु भएको छ । विकास निर्माणका कार्यको प्रगति र कार्यालयबाट प्रवाह हुने सेवा बारे चासो राख्दै आउनु भएको छ । वडा कार्यालयमा पुगेका सेवाग्राही संग सेवा पाउन सास्ती पाईएको वा सहज रुपमा सेवा पाईएको बारे जानकारी लिनु हुन्छ । सेवाग्राहीको प्रतिक्रया पछि नगर प्रमुख ऐर वडा अध्यक्ष लगायत वडाका कर्मचारीलाई सेवालाई सहज र सरल बनाउनका लागि निर्देशन दिनु हुन्छ । दुई साता देखि नगर प्रमुख ऐरले अनुगमनको कार्यलाई निरन्तरता दिनु भएको छ । वडा कार्यालय संगै जनता संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पुगेर समेत जनताले सेवा पाए नपाएको बारे जानकारी लिनु हुन्छ ।

आइतवार नगर प्रमुख ऐरले वडा नं ७ वडा कार्यालयको अनुगमन गरेका छन । वडा कार्यालयको अनुगमन गर्दै सेवाग्राहीले वडा कार्यालयबाट सेवा सहज रुपमा प्राप्त भैरहेको प्रतिक्रया दिए पछि वडा सचिवलाई कार्यलाई यसैगरी अगाडी बढाउन उत्प्रेरित गर्नु भयो । यसैविच नगर प्रमृख ऐरले स्वास्थ्य चौकी पिताम्बरको अनुगमन गर्नु भयो । अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरुले भवनको अभावमा स्वास्थ्य चौकीलाई चुस्त दुरुस्त रुपमा सञ्चालन गर्नमा कठिनाई भैरहेको गुनासो गर्नु भयो । साघुरा कोठा छन । सामान राख्नका लागि ठाउनै छैन । कुनै दातृ निकायले सामान उपलव्ध गराए कुन ठाउमा राख्ने स्वास्थ्यकर्मीले नगर प्रमुख समक्ष गुनासो राखे । नगर प्रमुख ऐरले नयाँ भवन निर्माणको कार्य शुरु भैसकेकाले निर्माण पश्चात भवनको समस्या समाधान हुने बताउनु भयो । महाकाली सिचाई तेश्रो चरणको नहर खन्ने क्रममा निष्केको पानीको व्यवस्थापन गर्नका लागि सम्बनिधत निकायको ध्यानाकृष्ट गरिने नगर प्रमुख ऐरले बताए । नहरको पानीमा बालबालीकाले नुहाउने गरेकाले दुर्घटना हुन सक्छ । त्यसैले पानीको तत्काल व्यवस्थापनका लागि सम्बन्धीत निकायलाई भन्छु उहाँले भन्नु भयो ।

