स्वास्थ्य अवस्था बुझ्न पुर्व मन्त्री बिश्वकर्माको घरमै पुगे एकीकृत समाजवादीका मन्त्री तथा नेता

पुनर्वास – लामो समय देखि प्यारालाईसिसका कारण अस्वस्थ अवस्थामा रहनुभएका पुर्व मन्त्री लालबहादुर बिश्वकर्मासंग नेकपा एकीकृत समाजवादीका मन्त्री तथा नेताहरुले भेट गरेका छन् । सोमबार कंचनपुरको पुनर्वास नगरपालिका स्थित उनकै निवासमा पुगेर पुर्व मन्त्री बिश्वकर्माको पछिल्लो स्वास्थ्य अवस्था बारे बुझ्दै नेकपा एकीकृत समाजवादीका मन्त्री तथा नेताहरुले भेट गरेका हुन् ।

No description available.

भेटघाटका क्रममा नेताहरुले स्वास्थ्य लाभको कामना गर्दै अस्वस्थताका कारण पार्टीलाई नै ठूलो असर पर्नगएको कुरा बताएका थिए । भेटघाट कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुषाल, पार्टीका सचिव गरिमा शाह, पुर्व राष्ट्रिय सभा सदस्य तथा पार्टीका केन्द्रिय सदस्य शेरबहादुर कुवर, पोलिटब्युरो सदस्य गणेश बिश्वकर्मा,सुदुरपश्चिम प्रदेश प्रमुख सचेतक दुर्गा बिक, नेकपा एकीकृत समाजवादी कंचनपुरका अध्यक्ष तथा पुनर्वासका मेयर जिवनराज थापा, कंचनपुरका उपाध्यक्ष आरपी सार्की लगायतका नेताहरु उपस्थित थिए ।

No description available.

ताजा समाचार