कञ्चनपुर: नेकपा माओवादी केन्द्रंको महिलालाई समेत नेतृत्व दिने नीति अनुरुप कञ्चनपुरमा समेत माओवादी केन्द्रका महिलाले जिम्मेबारी पाएका छन ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सदस्य एव कञ्चनपुरकी नेतृ दुर्गा भट्टलाई शुक्लाफाँटा नगरको सह इन्चार्जको जिम्मेबारी दिईएको छ । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले दुर्गालाई नगरको सह इन्चार्जको जिम्मेबारी दिएको हो ।

उक्त नगरको इन्चार्जमा युवा नेता ईश्वर सुनारलाई नगर इन्चार्जबको जिम्मेबारी दिएको छ । पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन ।

