भीनपा-५ का अति बिपन्न महिलाहरूको लागी संचालित ७ दिने तालिम सम्पन्न

कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नं ५ का अति बिपन्न महिलाहरूको लागी संचालित नमकीन तथा पापड़ बनाउने ७ दिने तालिम सम्पन्न भएको छ । आईतबार उक्त तालीमको समापन गरिएको हो । सन्तुलित वातावरण सुशासन सहितको समाजवाद उन्मुख समृद्ध नगर, कृषि, पर्यटन तथा प्राविधिमा आधारित अर्थतन्त्र विकासको आधार । भन्ने मुल नाराको साथ सात दिने तालिम सञ्चालन गरिएको हो ।

४० जना सहभागी रहेको उक्त तालिममा एकल महिला, दलित तथा अति विपन्न महिलाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ एक हप्ते तालिम दिईएको वडा कार्यवाहक अध्यक्ष राधिका थापाले बताउनु भयो । तालीममा प्रशिक्षकले २२ प्रकारका नमकिन र दुई प्रकारको पापड बनाउन सिकाएका थिए ।

समापन कार्यक्रममा भिनपा ५ कार्यवाहक वडा अध्यक्ष राधिका थापाको सभापतित्वमा र भीमदत्त नगरपालिका कार्यालयका उप मेयर सुसीला चन्द सिंहको प्रमुख आतिथी रहनु भएको थियो भने कार्यक्रम सञ्चालन सावित्रि पन्तले गरेकी थिईन ।

ताजा समाचार