दोधारा । दोधारा चाँदनीमा नगर स्तरिय फुटवल प्रतियोगिता संचालन भएको छ् । एक कार्यक्रमको बिच नेकपा माओबादीका नेता तथा सामाजसेवीले भिम कुमालले रिबन काटेर खेलको उद्धघाटन गरेका हुन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित रहेको कमलाशा स्पोर्टस क्लवको आयोजना र दोधारा चाँदनी नगरपालिका वडा नं. ७ वडा कार्यालय तथा सामाजसेवी तथा नेता भिम कुमालको आर्थिक सहयोगमा संचालन भएको नगर स्तरिय फुटवल प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका १० टिमको सहभागिता रहेको कमलशा स्र्पोटस क्लवका सदस्य कोमल उपाध्याय्ले जानकारी दिएका छन् । कमलशा स्पोर्टस क्लव दोधारा चाँदनीका अध्यक्ष पवन रावतको सभापतित्वमा संचालन भएको संचालन भएको उद्धघाटन सत्रका प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका नेता तथा सामाजसेवी भिम कुमाल रहेका थिए भने, बिशिष्ट अतिथी तथा अतिथीमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, सामाजसेवी किशोर कुमार लिम्बु, धन बहादुर शाही, बाबाथान प्रहरी चौकीका ईन्चार्ज कृष्ण दत्त भट्ट, कमलशा स्पोर्टस क्लवका सदस्य कोमल उपाध्याय्, नेकपा माओबादी केन्द्रमा नेता भक्त बहादुर सुनार, धन बहादुर दमाई लगाएत खेलाडी तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।


कार्यक्रममा नेकपा माओबादी केन्द्रका नेता तथा सामाजसेवीले खेल संचालनको लागी आयोजक संस्थालाई रु. २० हजार चेक सहयोग गरेको आयोजक संस्था कमलशा स्पोर्टस क्लव दोधारा चाँदनीले जनाएको छ् । नेकपा माओबादी केन्द्रका नेता तथा सामाजसेवीले आयोजक संस्थालाई रकम सहयोग गरेको भन्दै प्रशंसा गरिएको थियो । कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका नेता तथा सामाजसेवी भिम कुमालले खेलाडीहरुलाई अनुशासित भई खेल प्रतियोगिता सभ्य र भब्य बनाउन अनुरोध गरेका छन् । स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर खेलकुद समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको उनले बताएका छन् । स्थानिय सरकारले खेलकुदलाई प्राथमिकतामा राखेर रहेक बर्ष बजेटको ब्यवस्था गर्नुको साथै राम्रा प्रतिभाहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पुगाउन सहयोग गर्नु पर्ने अपरिहार्य रहेको नेता तथा सामाजसेवी भिम कुमालले बताएका छन् । दोधारा चाँदनी नगरपालिकालाई देश तथा बिदेशमा थप चिनाउन खेलको महत्वपुर्ण योगदान रहने हुदा नेपाल सरकार खेल प्रति गम्भिर हुन समेत आग्रह गरेका छन् । आजको उद्धघाटन खेल संसारीमाई स्पोर्टस क्लव र महाकाली स्पोर्टस क्लव बिच भएको थियो । उद्धघाटन खेलमा ४ को बिरुद्ध शुन्यले महाकाली स्पोर्टस क्लव बिजय भएको आयोजक संस्थाले जनाएको छ् । भोलीको खेल नवयुग स्पोर्टस क्लव बि र जनचेतना स्पोर्टस क्लव बिच हुने बताईएको छ् ।








