कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका मेयर पोतिलाल चौधरी नेकपा माओवादी केन्द्र प्रदेश १(ख) इन्चार्जको जिम्मेबारी पाएका छन । माओवादी प्रदेश सदस्य समेत रहेका मेयर चौधरीलाई पार्टीले कञ्चनपुर क्षेत्र नम्बर १(ख) इन्चार्जको जिम्मेबारी दिएको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले मेयर समेत रहेका कञ्चनपुरका युवा नेता चौधरीलाई प्रादेशिक निर्वाचन क्षेत्रको जिम्मेबारी दिएको छ । झण्डै २ दशकदेखि राजनीतिमा होमिएका युवा नेता चौधरीले बेलौरी नगरको जिम्मेबारी पाएसंगै विकासमा खटिएजस्तै पार्टीलाई प्रदेश १(ख)को जिम्मेवारी समेत कुसलतापुवर्क निर्वाह गर्ने प्रण गरेका छन । उनले पाएको दिएको जस्तोसुकै जहाँको जिम्मेबारी निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

