डडेल्धुराका श्याम सिनाल उत्कृष्ट मोडलिङ फेसन डिजाईनर गरे बाफत सम्मानित

महेन्द्रनगर : डडेल्धुराका सिलाई व्यवसायी तथा फेशन डिजाईनर श्याम सिनाललाई सम्मान गरिएको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले उनलाई उत्कृष्ट मोडलिङ फेसन डिजाईनर तथा सिपकलाको कदर गर्दै सुदूरपश्मिबाट सिनाललाई सम्मान गरिएको हो । उनी विगत २० वर्ष देखी सिलाई व्यवसायीमा आवद्ध भएर बिभिन्न नयाँ नयाँ कपडाहरुको डिजाईन गर्नमा पोख्त छन् ।

उनको सिपलाई मध्ये नजर गर्दै नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले सम्मान गरेको सिनालले बताए । आफु संग भएको पुर्खाैली पेशालाई आधुनीकरण गर्दै लैजाने हो र बजारको माग अनुसार व्यवसाय संचालन गर्ने हो भने पक्कै पनि सिप पेशाको उचित मुल्याङकन हुने उनले बताए । उनी नयाँ नयाँ खोज गर्दै कपडाहरुको डिजाईन गर्न मन पराउन्छन साथै उनले जुटको बोराबाट निर्मित कोट बनाएर जिल्लामा सबैलाई चकित पारेका थिए । उनले सहयोगी हातहरुलाई धन्यवाद दिएका छन् ।

ताजा समाचार