बिष्णु जोशी / कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । हिजो मात्रै पत्रकार खेम भण्डारीले नगरपालिकाले नगरपालिकाभित्र बनेका १० वटा पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा १ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित आयोगको महेन्द्रनगर कार्यालयमा उजुरी दिएका थिए ।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले आफुहरुले नगरपालिका बाट कागजात नियन्त्रणमा लिएको र यसबारे सत्य तथ्य बुझी छानबिन गरिसकेपश्चात प्रकृया अगाडि बढाउने बताउनु भएको छ । पत्रकार खेम भण्डारीले १०वटा पुलको डिपिआर बनाउँदा प्रक्रिया नै मिचेर इन्जिनियरिङ परामर्शदाता कम्पनीको छनोट गरिएको र कानुनअनुसार डिपीआर स्वीकृत नहुँदै एक करोड रुपैयाँ भुक्तानी दिएर भ्रष्टाचार गरिएको दाबी गरी उजुरी दिएका थिए ।

