अनेरास्ववियू(क्रान्तिकारी) सु.प. विश्वविद्यालय कमिटीको आयोजनामा विश्वविद्यालयमा सरसफाइ

कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसले आयोजना गरेको खेलकुद सप्ताहमा भएको फोहोरलाई अखिल क्रान्तिकारीले व्यवस्थापन गरेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले खेलकुद सप्ताहमा भएको क्याम्पसको प्राङगमा भएको फोहोर व्यवस्थापन गरेको हो ।

अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष हेमराज अवस्थीले खेलकुद सप्ताह ०७८ मा भएको फोहोर क्रान्तिकारी विद्यार्थीले सोमबार व्यवस्थापन गरेको बताए । उनका अनुसार क्यापस प्राङगण सहितका क्षेत्रमा गरिएको फोहोरको सरसफाई गरिएको छ ।

‘आफु रहेको ठाँउ आफै सफा गरौँ, आफु पनि स्वस्थ्य रहौँ, आफु रहेको वातावरण पनि स्वच्छ राखौँ, भन्ने मुल नारा लिएर सरसफाई गरिएको उनले बताए । क्रान्तिकारीको सृजनात्मक कामप्रति क्याम्पसले अभार प्रकट गरेको छ ।

ताजा समाचार