‘हाम्रालाई कि, राम्रालाई भोट ?’


‘सधैं पुरानो विरासत, पैसा र सधैं बेचिरहेको एजेण्डाले चुनाव जित्न अब गाह्रो छ् । विगतका निर्वाचनमा प्रयोग गरिए जस्तो मिथ्या सूचना, दुष्प्रचार तथा अर्को तर्फको उम्मेदवार र राजनीतिक दलहरु प्रति व्यक्त गरिने घृणाष्पद अभिव्यक्तिले मतदाताको मत तान्ने भन्दा पनि पाउने भोट पनि गुम्न सक्छ् । ‘नो भोट’ समेतको माँग गर्ने मतदाताको उम्मेदवार रोजाईमा फरकपन आईसकेको छ् । नयाँ पुस्ता, नयाँ सोच र नयाँ कार्यशैली सहितको उम्मेदवार चुनावी मैदानमा आयो भने मतदाताले ऊ कुन पार्टीको हो भनेर नहेर्न पनि सक्छन् । स्थानिय आवश्यकता र प्राथमिकतामा प्रतिबद्ध उम्मेदवारले भोटमा फरक पर्छ् । यो पटकको स्थानिय तहको निर्वाचनमा कस्तो व्यक्तिले टिकट लिएर आउछ चुनाव जित्न, त्यसले पनि सहयोग पुग्नेछ । राजनीतिक दलहरुले उम्मेदवार छान्दै गर्दा ध्यानपूर्वक कसी लगाउनु जरुरी छ् । उम्मेदवार हाम्रा हुन्छन् कि राम्रा हुन्छन्, सूची आउन धेरै दिन बाँकी छैन् । नमुना स्थानिय तह बनाउनका लागि राम्रालाई जिताउन र हाम्रालाई बिदा गर्न जिम्मेवार मतदाताका लागि फेरि एउटा अवसर आएको छ्’

पप्पु गुरुङ्ग, दोधारा । आसन्न स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होईन, राम्रालाई मतदान गर्ने भन्न थालेका छन् । राजनीतिक दलले आ–आफ्नै ढङ्गले दोधारा चाँदनीको गाँउघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि मतदाता भने हाम्रालाई नभई राम्रालाई जिताउने बताउन थालेका छन् । दोधारा चाँदनी नगरपालिकामा बजार, चोक, चौतारी, चिया पसल लगाएत विभिन्न स्थलहरुमा दिनहु जसो मतदाता आफैनै राम्रा व्यक्तिको पहिचान गरेर मात्र यस पटकको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई मतदान गर्ने आवाज उठ्न थालेको हो । यस भन्दा अघिका निर्वाचनमा दलको दबाबमा परेर मतदान गरेर विजयी भएका नेतृत्वकर्ताले गाँउ टोलको विकासमा वास्ता नगरेका भन्दै यस पटक भने मतदाता आफै विकासशिल, सक्षम र गाँउ टोलको समस्या समाधान गर्ने उम्मेदवारको खोजीमा देखिन्छन् । सत्तामा बस्न सधैं चुनावी समयमा गाँउ, बस्ती पस्ने नेता, कार्यकर्ताहरु दोधारा चाँदनी नगरपालिकाका मतदाताले त्यस्ता नेता तथा कार्यैकर्ताहरुलाई भोट नदिने बताउन थालेका छन् । सामान्य भौतिक पूर्वाधार पनि खडा हुन नसकेको गाँउलाई समृद्ध तथा बिकसित शहर बनाउछु भन्ने दिवा सपना देखाउदै आएकाहरुलाई भोट नदिनेमा स्थानियहरु ढुक्क छन् । यस भन्दा अगाडी दलियगत हिसाबले मतदान गरियो, यस पटक व्यक्ति विशेष हेरेर मात्र मतदान गर्ने सोचमा रहेको दोधारा चाँदनी नगरपालिकाका एक स्थानिय भक्त बहादुर सुनार बताउछन् । ‘पहिला पार्टीगत रुपमा मतदान गरौं भनेर पार्टीको झन्डा बोकेर हिडियो, अब पार्टीका झन्डा बोकेर होईन, सक्षम उम्मेदवार खोजी खोजी मतदान गर्ने हामीहरुले योजना बनाएका छौं’ स्थानिय भक्त बहादुर सुनार भन्छन् । नजिकिदै गएको स्थानिय निकायको चुनावको सरगर्मिले यति बेला दोधारा चाँदनीको बाटो घाटो, सभा–समारोह, धनी–गरिबका घर देखी चिया पसल र विभिन्न समाजिक सन्जालमा गतिलै चर्चा कमाएको छ् । दोधारा चाँदनी नगरपालिकामा कसले नेतृत्व लिने, भन्ने चौतर्फी चर्चाको बिषय यती बेला छाएको छ् । कुनै राजनीतिक दलको टिकट लिएर पार्टीको चुनाव चिह्नमा चुनाव जितेपछि सम्बन्धित राजनीतिक दलले आफ्नो पार्टीको जनप्रतिनिधीले गरेको राम्रो कामको जस र गलत कामको अपजस लिन सक्नुपर्थ्यो । आफ्ना जनप्रतिनिधीबाट गरेका राम्रा कामहरुको ब्यापक प्रचार–प्रसार र भएका गलत कामहरुलाई रोक्न सक्नुपर्थ्यो । तर त्यो काम कुनै दलले नगरेको स्थानियहरुको गुनासो छ् । धेरैजसो जनप्रतिनिधिहरु निर्वाचित भएपछि स्थानिय तहको निर्वाचित राजानै भएजस्तो व्यवहार पनि हेर्न तथा देख्न पाईयो । स्थानिय तहका जनप्रतिनिधिहरुबाट भएका कतिपय गलत कामहरुको आमविरोध हुदा समेत सम्बन्धित राजनीतिक दलले त्यस्ता आवाजहरुको सम्बोधन गर्न सकेनन् वा गर्न चाहेनन् । न, दलहरुले उनीहरुलाई सिकाउन सके, न जनप्रतिनिधीले आफु सम्बद्ध राजनीतिक दलले भने अनुसार र आफ्नो निर्वाचन घोषणा पत्र अनुसार कामनै गरे । स्थानिय तहको पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधी वा त्यस्ता जनप्रतिनिधीलाई टिकट दिएर निर्वाचित गराउने सम्बन्धित राजनीतिक दलले आफूले यो कार्यकालमा गरेको काम, योगदान र नयाँ के, एजेण्डा लिएर आउछ, कुरेर बस्ने बेला हो । आजका मतदाता हिजोको जस्तो जिवन भरि एउटै दल र चुनाव चिह्नमा मतदान गर्ने मनोवृत्तिका देखिदैनन् । मतदाता राम्रो तथा योग्य उम्मदेवारको पर्खाईमा छन् । सिंहदरबारको अधिकार गाँउ र नगर पुग्दा स्थानिय सिंहदरबारका काठमाडौंको मन्त्रालयमा मन्त्री परिवर्तन भए संगै आफ्नो मन्त्रालयमा सचिव परिवर्तन गराउने जस्तै स्थानिय तहका जनप्रतिनिधिहरुले पनि आफु अनुकूलको प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव सरुवा गर्न नेताको घर दैलो चहार्ने रमित हेर्न नपाईएको हैन् । सधैं पुरानो विरासत, पैसा र सधैं बेचिरहेको एजेण्डाले चुनाव जित्न अब गाह्रो छ् । विगतका निर्वाचनमा प्रयोग गरिए जस्तो मिथ्या सूचना, दुष्प्रचार तथा अर्को तर्फको उम्मेदवार र राजनीतिक दलहरु प्रति व्यक्त गरिने घृणाष्पद अभिव्यक्तिले मतदाताको मत तान्ने भन्दा पनि पाउने भोट पनि गुम्न सक्छ् । ‘नो भोट’ समेतको माँग गर्ने मतदाताको उम्मेदवार रोजाईमा फरकपन आईसकेको छ् । नयाँ पुस्ता, नयाँ सोच र नयाँ कार्यशैली सहितको उम्मेदवार चुनावी मैदानमा आयो भने मतदाताले ऊ कुन पार्टीको हो भनेर नहेर्न पनि सक्छन् । स्थानिय आवश्यकता र प्राथमिकतामा प्रतिबद्ध उम्मेदवारले भोटमा फरक पर्छ् । यो पटकको स्थानिय तहको निर्वाचनमा कस्तो व्यक्तिले टिकट लिएर आउछ चुनाव जित्न, त्यसले पनि सहयोग पुग्नेछ । राजनीतिक दलहरुले उम्मेदवार छान्दै गर्दा ध्यानपूर्वक कसी लगाउनु जरुरी छ् । उम्मेदवार हाम्रा हुन्छन् कि राम्रा हुन्छन्, सूची आउन धेरै दिन बाँकी छैन् । नमुना स्थानिय तह बनाउनका लागि राम्रालाई जिताउन र हाम्रालाई बिदा गर्न जिम्मेवार मतदाताका लागि फेरि एउटा अवसर आएको छ् ।


ताजा समाचार

spot_img