अछाममा गर्भवती महिलालाई हसीया प्रहार

महेन्द्रनगर : अछाममा एक गर्भवती महिलालाई हसिया प्रहार गरिएको छ । मेल्लेख गाउँपालिकामा हसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छन् । मेल्लेख गाउँपालिका ३ दर्बाकि ३५ वर्षिया गर्भवती रंगिदेवी बुढा घाईते भएकी हुन् । उनलाई अमृता देवी बुढाले हसिया प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ ।
आफ्नो बारिमा भैसीले घास खाएको विषयलाई लिएर वाद बिवाद हुदा अमृता बुढाले हसिया प्रहार गर्दा नाक, मुख र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । घाइतेको समान्य उपचारका लागि स्थानीय मेडिकल पश्चात् अहिले बयालपाटा अस्पतालमा थप उपचार भैरहेको छ । हसिया सहित निज महिला ईलाका प्रहरी कार्यालय ठाटी बगुडाको नियन्त्रणमा छन् ।

ताजा समाचार