राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष ढुङ्गानाद्वारा अनुगमन

कञ्चनपुर : वेदकोट नगरपालिका–५ धरमपुर लगायत वेदकोट स्थित वडा नं. १,२,३ र ४ मा अव्यवस्थीत बसोबासी र सकुम्बासीलाई जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउन जग्गा नापीको काम भै रहेको छ । फाल्गुन ७ गते बसेको बैठकले निर्णय गरी फाल्गुन १० गते देखि वडा नं. १,२ र ४ मा जग्गा नापी काम शुरु गरिएको थियो भने फाल्गुन ११ गते वडा नं. ३ र ५ मा मा शुरु गरिएको थियो । हालसम्म ३२ सय ४६ किता नापी भै सकेको वेदकोट नगरप्रमुख अशोक चन्दले बताए ।‘ बैशाख भित्र सम्पुर्ण जग्गा नापी कार्य सम्मपन्न हुने नगर प्रमुख चन्दले बताए ।

त्यसैगरी अहिलेको आयोग पहिलेको जस्तो नभई नेपाल सरकारको ऐन नियम कानुन बमोजिम हुनुको साथै देशव्यापी एकैसाथ अव्यवस्थित बसोबासी र सुकुम्वासीलाई जग्गा धनी प्रमाण पत्र उपलब्ध गराउने हेतुले गठन भएको यो राष्ट्रिय भुमि आयोगको काम चुनावको समय आचार संहितालागे पनि काम हुने राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष ढुङ्गानाले बताए । उनका अनुसार ‘हाल कञ्चनपुर जिल्लाको चारवटा नगरपालिका कृष्णपुर, शुक्लाफाँटा, बेलौरी र वेदकोटमा जग्गा नापीको कार्य चलि रहेको छ तर सबै भन्दा दु्रत गतिमा वेदकोट नगरपलिकाका कार्य भई रहेको छ ।’‘ यो पहिलेको जस्तो आयोग नभएकोले यसपाली अव्यवस्थीत जनताको हातमा लालपुर्जा पाइने पक्का रहेको छ ।’ त्यसैले यस नापी कार्यमा सबै जनताले साथ दिनु पर्नेमा अध्यक्ष ढुङ्गानाले जोड दिए ।

स्थानिय जिवन थापाले आफुहरुले लालपुर्जा पाउनेमा विश्वस्त रहेको बताए । ‘बसौं देखि आफुले बसोबास गर्नुको साथै खेती गर्दै आएको जग्गामा आफ्नो स्वामित्व नहुदाँ बैङ्किग गरेर कुनै व्यापार व्यवसाय गरु भने पनि जग्गा धनी पुर्जा नहुनाले बैङ्किग कारोबार हुनसकेको थिएन जसले गर्दा आफुहरुलाई मार्का परेको थापा बताउछन् तर यसपालीको नापीले जग्गाधनी पुर्जा दिलाउनेमा उनी विश्वस्त देखिन्छन् । जग्गा नापीमा हाल सम्म कुनै पनि विवाद नभएको जग्गा नापीमा खटिएका कर्मचारीले बताए । अहिले वेदकोट नगरपालिका वडा नं. १,२, ३, ४ र ५ मा नापी गर्न टोलि खटिएको छ जसले ती वडाहरुमा नापी सकिना साथ अन्य वडाको जग्गा नापीमा खटिने छ । आज भएको जग्गा नापी अनुगमनमा राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देवेन्द्र ढुङ्गाना, वेदकोट नगरपालिका प्रमुख अशोक चन्द, वेदकोटनगरपालिका प्रमुख प्रशासकिय अधिकृत पदम राज भट्ट, नापी कार्यालय प्रमुख पुस्कर बहादुर पाल, र वडा नं. ५ का वडा अध्यक्ष गणेश विक. (कुशल) रहेका थिए ।

ताजा समाचार