माओवादी केन्द्र बेलडाँडीद्वारा ऐरी परिवारलाई किरियाखर्च सहयोग


कञ्चनपुर : नेकपा माओवादी केन्द्र बेलडाडाँडी गाँउकमिटिले विपन्न एक ऐरी परिवारलाई क्रिरियाखर्च सहयोग गरेकोछ । शनिबार माओवादी केन्द्र बेलडाँडी गाँउ कमिटिले बेलडाँडी गाँउपालिका १झर्नासागरका कर्ण बहादुर ऐरीको परिवारलाई क्रिरियाखर्च बाफत आर्थिक सहयोग गरेको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एव पुर्वमन्त्री बिना मगर, केन्द्रीय सदस्य दिपा चौधरी, सहितका स्थानीय नेताहरुको उपस्थितिमा गाँउ कमिटिका अध्यक्ष डम्बर बहादुर शाह, सचिव चेत बहादुर शाहले आर्थिक सहयोग गरेका हुन ।

No description available.

आर्थिक रुपमा विपन्न एव झर्नाखोला पीडित समेत रहेका ऐरी परिवारलाई माओवादी केन्द्र बेलडाँडी गाँउ कमिटिले दिएको १३ हजार १सय १५रुपैयाँको चेक पुर्व खानेपानीमन्त्री समेत रहेकी माओवादी नेतृ बिना मगरले किरियापुत्री मिना ऐरीलाई हस्तान्तरण गरेकी छिन । पुर्वमन्त्री मगरसंगै माओवादी केन्द्रका केन्द्रीय सदस्य दिपा चौधरी, माओवादी नेता मोहन गिरी, दिपक तिम्लिसेना, भुवन एसके, कल्पना गिरी, खडक थापा, ईश्वरी भट्ट, माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाह, सचिव चेत बहादुर शाह लगायतका स्थानीय नेताहरु सहभागि रहेका थिए । उनीहरुले समेत विपन्न ऐरी परिवारलाई आर्थिक, भौतिक एव नैतिक साथसर्मथन गर्ने बचन दिएका छन ।


ताजा समाचार

spot_img