गुणस्तरीय शिक्षाले मात्रै सामाजिक र आर्थिक रूपान्तरण सम्भव हुन्छ : मेयर थापा

पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकाका मेयर जिवनराज थापाले गुणस्तरीय शिक्षाले मात्रै सामाजिक र आर्थिक रुपान्तरण सम्भव हुने बताएका छन् । बिहिबार पुनर्वास-३ स्थित जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा पुनर्वास नगर शिक्षा शाखाले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिताको समापन कार्यक्रममा आफ्नो भनाई राख्दै मेयर थापाले यस्तो बताएका हुन् ।

उनले आफू मेयर भएर आईसकेपछी नगरका सबै सामुदायिक विद्यालयको भौतिक संरचना र गुणस्तरीय शिक्षालाई जोड दिदै अङ्ग्रेजी माध्यमको सुरुवात समेत गरेको बताए । “विद्यार्थीको रुचिको विविधतालाई सम्मान गर्न र उनीहरूको पढ्ने, सिक्ने र नयाँ ज्ञान सीपको खोजी गर्ने इच्छालाई पूरा गर्न प्रत्येक विद्यालयमा पुस्तकालय र विज्ञान प्रयोगशालाको सुरुवात समेत गरेको छु ।”

मेयर थापाले भने “यसलाई विद्यालयहरुले सदुपयोग गर्दै निरन्तरता दिन सके अबका केही वर्षमा सामुदायिक बिद्यालयको स्वरुप नै परिवर्तन हुन्छ ।” स्थानीय तह अन्तर्गत शिक्षा नीति तर्जुमा गरि निजि तथा सामुदायिक विद्यालयमा आधारभुत तह सम्मका पाठ्यपुस्तकमा समेत एकरुपता ल्याएको उनको भनाई छ ।

ताजा समाचार