दोधारा । भौतिक तथा सामाजिक विकासमा सरकार कटिबद्ध हुन त जरुरी छ नै, तर सरकारको मात्र जिम्मेवारी भने होइन् । आफ्नो टोल बस्ती रुपान्तरण गर्न आफैं लागि परेका केही समाजसेवीहरु उदाहरणीय बनेका छन् । समाज सेवाका लागि धन होइन मन हुनुपछर्् । देशलाई, समाजलाई र अरुलाई म, के दिन सक्छु भन्ने भन्दा पनि, देशबाट, समाजबाट र अरुबाट म कसरी र के लिन सक्छु भन्ने दौडाहामा अहिले नेताहरु समय खर्चिरहेका अहिलेको समाज छ् । तर दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिगत केही वर्ष देखि सामाजिक कार्यका उदाहरणका पात्र हुन् सामाजसेवी भिम कुमाल । उनले कोरोनाको कारण उब्जेको संकट होस् वा दुखी गरिब तथा असाहयका घडीमा सहयोगी पात्र बन्दै आएको उनका पछिल्ला गतिबिधीले देखाएको छ् । मनका धनीहरुले समाज रुपान्तरणमा ठूलो भूमिका खेलेको पनि हामीले देखेकै छौं । त्यस्ता ‘मनकारी हातहरु’ हाम्रै टोल, छिमेकमा पनि छन् भन्ने ज्वलन्त उदाहरण भिम कुमाल रहेको सामाजमा छाप परिसकेको छ् । उनि भन्छन्– ‘मलाई सामाजिक कार्य गर्ने अझै रहर छ, त्यसैले म, राजनितिकमा आएका हु ।’ बिगका दिनहरुमा बडवाल टोलमा जंगली हात्तीले आतंक भएको बेला हात्तीले घर भत्काएको अवस्थामा उनिहरुलाई खाद्यान्न सहयोग, आगलागी भएको बेला अन्नपात तथा नगद सहयोग कार्य गर्दै आएका सामाजसेवी कुमाल कोरोना संक्रमणको पहिलो लहरको बेला कोरोनाको कारण उब्जेको संकट भएको अवस्थाले स्थानिय जनता पिडित भएको बेला उनले सहयोग गरेर उनि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सामाजिक कार्य गर्ने पहिलो ब्यक्तीको रुपमा परिचित हुदै आएका छन् । हुनत समाजमा सामाजसेवी कुमाल भन्दा धनी र सम्पन्न भएको ब्यक्तीहरु नभएको भने हैनन् । समाज सेवा गर्नको लागि न त धन चाहिन्छ, न त उमेरको परिपक्वता नै । त्यस्तै उदाहरणीय बनेका छन्, सामाजसेवी भिम कुमाल । उनी नेकपा माओबादी केन्द्र संग आबद्ध नेता हुन् । कोरोना संक्रमणको लहरमा पिडित जनता, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र नगरपालिका कार्यालयलाई समेत ब्यक्तीगत सहयोग गर्ने ब्यक्ती हुन् । बडवाल टोलको बादी बस्तीमा खाद्यान्नको अभाव भएको बेला उनले उदार मनले सहयोग गर्दै तथा बादीहरुको जग्गाको बिषयमा बुलन्द आवाज उठाउदै आएका सामाजसेवी कुमालको क्रियाकलाप प्रति दोधारा चाँदनीबासीले खुशी भएका छन् । कोरोना संक्रमणको बेला स्थानिय बिरामीहरु अक्सिजनको अभावमा तडपिएको बेला समेत सामाजमा अभियानको थालनी गरि प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा अक्सिजन कन्सरटेटर समेत उपलब्ध गराएका थिए । यस्तै केही महिना आएको दोधारा चाँदनी नगरपालिकामा आएको बिनासकारी बाढीले कुतियावकर, बैतिफाँटा, सुर्खेती टोल, शान्ती टोल लगाएत टोललाई क्षतबिक्षत बनाएको अवस्थामा बाढीको कारण बिरामी परेका स्थानियहरुलाई सामाजसेवी कुमालले आफ्नो ब्यक्तीगत रकम लगाएत निशुल्क स्वास्थ्य शिविर संचालन गरेको दोधारा चाँदनीबासीले बिर्सेको छैन् । उनको यहि सामाजिक कार्यले दोधारा चाँदनीका स्थानियहरुको मस्तिष्क उनि निश्पक्ष र उदार मनका सामाजसेवीकोरुपमा परिचित भएका छन् । अहिले आएर नेकपा माआबादी केन्द्रलाई बलियो बनाउन दोधारा चाँदनी नगरपालिकामा घरदैलो कार्यक्रममा उनि ब्यस्त देखिन्छन् । सामाजिक कार्य गरेर चिनिएका कुमाललाई टोल बस्तीमा बिपन्न तथा गरिब परिवारलाई स्वागत समेत गर्दै आएका छन् । (सामाजसेवी भिम कुमाल संग कुराकानी गरिएको संसोधिन कुराकानी)








