पुनर्वास: देशभर पार्टी प्रवेश गर्ने लहर चलिरहदा कंचनपुरको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङ पनि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । बुधबार काठमाडौको बालुवाटार पुगेर अध्यक्ष तामाङले नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गरि नेपाली काङ्ग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

उनलाई नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुले दोसल्ला ओढाएर पार्टीमा स्वागत गरेका थिए । पार्टीमा प्रवेश गर्दै संघका अध्यक्ष तामाङले कम्युनिस्ट पार्टीमा कार्यकर्ता प्रतीको असमान व्यवहार र नेताहरुको एकलौटी हस्तक्षेपका कारण आफुले नेकपाबाट विश्राम लिएको बताए ।

पार्टी प्रवेश कार्यक्रममा माननीय एनपी साउद, कंचनपुर क्षेत्र नम्बर १ का पुर्व सांसद दिवान सिंह बिष्ट , क्षेत्रीय सभापती गोपीप्रसाद उपाध्याय, महाधिवेशन प्रतिनिधि भरत बिष्ट, तरुण दल नेता प्रकाश बोगटी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । तामाङ लामो समय राष्ट्रिय प्रजातान्त्र पार्टीमा नेतृत्व सम्हाल्दै माओवादी केन्द्र प्रवेश गरि गठबन्धन टुटेसंगै नेपाल कम्युनिस्ट पार्टी एमालेमा रहेका थिए ।

