बेदकोट : मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्था कैलालीले साना व्यवसायीहरुलाई आय-आर्जन सामाग्री सहयोग गरेको छ । मंगलबार बेतकोट नगरपालिका-५, धरमपुरका ४ व्यक्तिगत फर्म सञ्चालन गर्दै आएका व्यक्तिलाई दुई लाख बराबरका आय-आर्जन सामाग्री सहयोग गरेको हो ।

कार्यक्रममा नम्रता पोल्ट्री फर्मलाई डि फ्रीज, सन्जय मोबाईल फर्मलाई एस.एम.डी.मेसिन, डि.सि. मिटर, ब्याट्री बुस्टर, डिस्प्ले सेप्रेटर मेसिन,स्कु ड्राईभर, प्रीन्टर, लेमिनेशन मेसिन, युएसबी फास्ट चार्जर,चिम्टी आईरन स्टेन्ड,त्यसैगरी पुनम ब्युटी पार्लर फर्मलाई स्ट्रेट मेसिन लगायत अन्य बाह्र उपकरण र जानकी सपिङ्ग तथा सिलाई फर्मलाई सिलाई मेसिन, ईन्टरलक मेसिन,काउन्टर, आईरन,कैसी गरि प्रती फर्म ५० हजारको आयआर्जन सामाग्री वितरण गरिएको थियो ।

संस्थाको केयर एण्ड रिलिफ परियोजनाको आयआर्जन कार्यक्रम अन्तर्गत वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए । ” कार्यक्रम प्रभावकारी भए अझै थप फर्मलाई सहयोग गर्छौ । “अध्यक्ष जोशीले भने “व्यवसायको क्षेत्र समेट्न सिलाईकटाई, मोबाईल रिपेरिङ्ग, फ्रेस हाउस र व्युटिपार्लरमा परिक्षणका लागि हेरेका हौं ।”

