दोधारा । फागु पुर्णिमाको दिने खेलिने ‘फागुपर्व’ अर्थात होलीलाई मध्यनजर राख्दै विशेष योजना अन्र्तगत नेपाल प्रहरी र सशस्त्र प्रहरीले दोधारा चाँदनी नगरपालिकाको छुट्टा छुट्टै सुरक्षा ब्यवस्थाको योजना तयारी गरेको छ् । कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुनदिनका लागि र सर्वसाधरणलाई शान्तिपुर्ण रुपमा चाँडपर्व मनाउनका लागि विशेष सुरक्षा योजनामा ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट तयारीमा जुटेको छ् । होलीमा बिना अनुमती रंगका लोला जबरजस्ती छ्याप्ने, चोरी तथा लडाई झगडा बढी हुने गरेको घटनाहरु बिगतका तथ्यांकले देखाएको कारण यसपटक प्रहरीले बिशेष सुरक्षा योजना तथा कार्यान्वन गर्ने तयारीमा जुटेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले छुट्टा छुट्टै सुरक्षा योजना तयार गर्दै आएको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरतराज गिरीले भोलीबाटनै शान्तीपुर्ण तवरले चाँड पर्व मनाउन स्थानियहरुमा आग्रह गर्दै जनचेतनामुलक कार्यक्रम गर्दै जाने बताएका छन् ।


फागुपर्वको पर्व बेला अनुमती बिना रंग छ्याप्ने, लडाई झगडा गर्ने, मदिरा खाएर सवारी साधन गुडाउने र दुर्घटना बढ्दै गरेको कारण गत बिगत वर्ष भन्दा फरक खालको सुरक्षा रणनिती तयार गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरतराज गिरीले बताएका छन् । ‘विगतका घटनाहरुले पनि चाँड पर्वको समयमा मदिरा सेवन गरि सवारी साधन चलाउने संगै अपराधिक क्रियाकलापमा बृद्धि हुने गरेको पाईएकाले यस पटक अगाडीनै विशेष सुरक्षा योजना तयार पारेका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक गिरीले भने । चोरी, आक्रमण अपराध प्रकृति हर्दा तथा तथ्यांक विश्लेषण गर्दा अधिकत्तम चोरी तथा बिबादका घट्ना रातीको समयमा बढी हुने गरेको देखिएकोले रातीको सुरक्षा ब्यवस्था यस पल्ट बिगतका भन्दा अझ कडा पारिने, रातीको समयमा समुहगत रुपमा युवाहरु अलपत्र हिड्ने कार्यमा कडाई गर्ने बताईएको छ् । नगर क्षेत्रमा मदिरा सेवन गरेर राती हिड्ने ब्यक्ती तथा समुहलाई बिशेष निगरानी राखिने सुरक्षा योजनामा रहेको छ् । मदिरा सेवन गरेर घट्ना बढी हुने गरेको देखिएकोले सवारी साधन चालकलाई मापसे गरेको, नगरेको बिशेष निगरानी गरिने त्यस्तै दोधारा चाँदनी नगरपालिकामा शंकाष्पद क्षेत्रको पहिचान गर्ने, सादा पोशाकमा प्रहरी परिचालन गर्ने तथा शंकाष्पद ब्यक्ती माथी निगरानी राख्ने, सोधपुछ गर्ने, आवश्यकता अनुसार नियन्त्रणमा लिईने व्यवस्था गरिने प्रहरी श्रोतको भनाई रहेको छ् । साबिकको दोधारा गाबिसको हकमा बाबाथान प्रहरी चौकीले सुरक्षा रेखदेख गर्ने यस्तै, साबिकको चाँदनीको क्षेत्रको हकमा महाकाली झोलुङ्गे पुल स्थित रहेको अस्थायी प्रहरी बिटले सुरक्षा दिने तथा चौबिसै घण्टा मोवाईल गस्ति परिचालित गर्ने तयारी रहेको प्रहरी श्रोतको दाबी छ् ।


बिशेष गरि सिमा क्षेत्रका गाँउ तथा दुरदराज बस्तीहरुमा मदिरा तथा मदिराजन्य बस्तुको बारोवार बढी हुने हुदा उक्त संबेदनशिल क्षेत्रमा बिशेष सर्तकता अपनाईने प्रहरी श्रोताको भनाई रहेको छ् । बिगतका दिनहरुमा नगर क्षेत्रमा मदिरा तथा मदिराजन्य पदार्थ सेवन गरेर युवा समुहहरुको घट्ना प्रहरीमा बढी आउने गरेको हुदा युवा पिडिहरुको बिशेष निगरानीमा रहने प्रहरी निरिक्षक भरतराज गिरीले बताए । दोधारा चाँदनीको कुतियाकवर, अठार नम्वर पिल्लर बस्ती गाँउ, सुन्दरनगर, कञ्चनभोज, बडुवाल टोल लगाएतका बढी संबेदनशिल रहेको हुदा उक्त क्षेत्रमा चौबिसै घण्टा सशस्त्र प्रहरी र नेपाल प्रहरीले बिशेष गस्ति परिचालन गरिने तयारी भईरहेको सुरक्षा श्रोतले बताए । ‘नगरपालिका क्षेत्रको अति संबेदनशिल क्षेत्रमा चौबिसै घण्टा पैदल गस्ती तथा मोवाईल गस्ति बढाईने छ्’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक भरतराज गिरीले भने । यता चाँड पर्वको बेला दोधारा चाँदनीको सशस्त्र प्रहरीले खुला सिमा क्षेत्र कसिलो बनाएको खबर प्राप्त भएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ५ वटा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट स्थापना भएको छ् भने, दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलमा सशस्त्र प्रहरीको फोरवार्ड बेस स्थापना गरि सिमा क्षेत्रमा निगरानी बढाउदै आएको छ् । खुला सिमा क्षेत्रमा स्थानियहरुको सिमावर्ती भारतिय बजारमा आवतजावत गर्ने गरेको कारण उनिहरुको सुरक्षार्थको लागी समेत सिमा क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी श्रोतले बताएको छ् । होली पर्वको बेला अवाञ्छीत क्रियाकलाप रोक्न सिमा क्षेत्रमा चौबिसौ घण्टा सादा तथा पोशाकमा सशस्त्र प्रहरी खटाईएको बताईएको छ् । सिमा क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न नेपाल र भारतका सुरक्षाकर्मीहरुले समेत सिमा क्षेत्रमा सयुक्त गस्तीलाई थप बढाएका छन् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ३ बडवाल टोलको नेपाल–भारत सिमा स्तम्भ नं. १४ देखि १५ सम्म सशस्त्र प्रहरी सुरक्षाकर्मी र भारतिय सिमा सुरक्षा बल (एसएसबी) ले सयुक्त गस्ती संचालन गरेको छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी निरिक्षक कृष्ण बोहराको कमाण्ड र भारतिय सिमा सुरक्षा बल (एसएसबी) नारायण नगर, कम्पनी हेडक्वाटर (उत्तराखण्ड) ईन्सपेक्टर आनन्द भण्डारीको कमाण्डको टोलीले सयुक्त गस्ती संचालन गरेको सशस्त्र प्रहरीले जनाएको छ् । चाँडपर्वका बेला हुने सिमा क्षेत्रमा सम्भावित अपराध नियन्त्रणका दुबै देशका सुरक्षा अधिकारीहरुले समन्वय गरि अघि बढ्ने सहकार्य गरेको बताईएको छ् । सिमा क्षेत्रका गाँउ तथा बस्तीमा सशस्त्र प्रहरीले पहरेदारी गर्ने आवश्यक भएको खण्डमा नेपाल प्रहरी संग सहकार्य गर्ने योजना रहेको सशस्त्र प्रहरीको छ् । पर्वको बेला सीमा अतिक्रमण, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, विवाद लगाएत अपराध क्रियाकलाप हुनसक्ने भन्दै नगरपालिकाको नेपाल–भारत संग जोडिएको ३२ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले चौबिसै घण्टा गस्ती संचालन गरिने सुरक्षा श्रोतको दाबी रहेको छ् ।







