दोधारा । दोधारा चाँदनीमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले दोधारा चाँदनीको आयोजनामा संचालन भएको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रममा अन्य पार्टी परित्याग गरि दर्जनौ नेता कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ स्थित न्यु रानी पार्टी प्लेसमा संचालन भएको नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रममा झण्डै ४ सय कार्यकर्ता नेपाली काग्रेंस, नेकपा माओबादी केन्द्र, राप्रपा परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमाले जिल्ला कमिटि कञ्चनपुरका जिल्ला कमिटि सचिवालय सदस्य राजिव खड्काले जानकारी दिएका छन् । नेकपा एमाले दोधारा चाँदनीका नगर कमिटि अध्यक्ष हरसिंह धनाडीको सभापतित्वमा संचालन भएको कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटि सदस्य तथा शुदुरपश्चिम सह–ईन्चार्ज कर्ण बहादुर थापा, बिशिष्ठ अतिथी तथा अतिथीमा मा नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा शुदुरपश्चिम सह–ईन्चार्ज राजेन्द्र सिंह रावल, प्रदेश कमिटि सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका उमेयर चिनी ओझा गिरी, जिल्ला कमिटि अध्यक्ष तथा भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट, जिल्ला कमिटि सह–सचिव कर्ण बहादुर चन्द, जिल्ला कमिटि सचिवालय सदस्य राजिव खड्का, गगन खत्री, जिल्ला कमिटि सदस्य खिमा चन्द, सरोज चन्द, नेकपा एमाले क्षेत्र नं. ३ (ख) संयोजक कमला देबि देवकोटा, नेपाल सुकुम्बासी संगठन जिल्ला अध्यक्ष लक्ष्मी लक्ष्मी भट्ट लगाएत नेकपा एमाले पुर्व जिल्ला कमिटि सदस्य, नगर कमिटि पदाधिकारी, वडा तथा टोल कमिटिका पदाधिकारी, जननिर्वाचित प्रतिनिधी लगाउत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।


आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिकामा बृहत अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रम संचालन गरेको नेकपा एमाले दोधारा चाँदनीका अध्यक्ष हरसिंह धनाडीले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटि सदस्य तथा शुदुरपश्चिम सह–ईन्चार्ज कर्ण बहादुर थापाले नेकपा एमालेमा प्रबेश गर्नेको लहर बढ्दै गएको बताउदै आउदो बैशाख ३० गते हुने निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई बहुमतले बिजय गराउन सबै नेता तथा कार्यकर्ताहरु निर्देशन दिएका छन् । आजको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रममा नेपाली काग्रेंस, नेकपा माओबादी केन्द्र र राप्रपा लगाएत अन्य दल परित्याग गरि नेकपा एमालेमा प्रबेश गर्नेको लहर देखेर आफु निकै हौसिएको बताउदै दोधारा चाँदनी नगरपालिका एमालेमय हुने पक्का भएको नेकपा एमाले स्थायी कमिटि सदस्य तथा शुदुरपश्चिम सह–ईन्चार्ज कर्ण बहादुर थापाले दाबी गरेका छन् । आसन्न स्थानिय निर्वाचनमा सबै नेता तथा कार्यकर्ता एक जुट भएर निर्वाचनमा होमिन निर्देशन समेत दिएका छन् ।


गएको स्थानिय निर्वाचनमा नेकपा एमालले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ७, ८, ९, १० वडाका वडा अध्यक्ष र उपमेयर पद लगाउत सदस्यहरुमा जित हासिल गरेको थियो । आसन्न स्थानिय निर्वाचनमा दश वटा वडा तथा मेयर तथा उपमेयर नेकपा एमालेको हातमा हुने बक्ताहरुले दाबी गरेका छन् । नेकपा एमाले दोधारा चाँदनीका उपाध्यक्ष ओंम बस्नेतले दोधारा चाँदनीमा अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गर्नेको नयाँ लहर आएको बताउदै दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आगामी दिनहरुमा स्थानिय निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम गर्ने पार्टीको योजना रहेको बताएका छन् । ‘हामीले हाम्रो जनबर्गिय संगठनहरुलाई अझै सशक्त बनाएका छौं । जनताको एमाले प्रति मायाकै कारण हामीलाई दोधारा चाँदनीका वडा तथा टोल भेला तथा संगठन निमार्णमा जनमानसको बाक्लो उपस्तिथी देखिदै आएको छ्’ नेकपा एमाले दोधारा चाँदनीका उपाध्यक्ष ओंम बस्नेतले भने ।








