‘दुई सय ७६ नगरपालिका मध्ये ५ वटामा महिला मेयर छन् भने ४ सय ६० गाँउपालिका मध्ये १२ वटामा महिला प्रमुख छन् । यो तथ्यांक हेर्दा अघिल्लो चोटीको स्थानिय तह निर्वाचनमा राजनीतिक दलहरुले महिलालाई जानाजान उपप्रमुखको हैसियतमा मात्र राख्न चाहेको देखिन्छ् । झन्डै ९८ प्रतिशत स्थानिय तहको जिम्मेवारी पुरुषलाई दिएर दलहरुले नेतृत्वको हकदार भनेका पुरुषनै हुन् भन्ने पितृ सत्तात्मक सोचबाट आफूहरु मुक्त नभएको पुष्टि गरेका छन् । देश फेरि स्थानिय तह निर्वाचनको संघारमा छ् । २०७९ वैशाख ३० गते स्थानिय तहको निर्वाचन घोषणा भईसकेको छ् । यसपाली दलहरुले आफ्नो सोच परिवर्तन गरेर महिलालाई नेतृत्वको अवसर देलान् कि, फेरि पुरुषहरुकै हालिमुहाली कायम राख्लान्, त्यो हेर्न बाँकीनै छ् । एउटा कुरा चाहि पक्का छ, अघिल्लो कार्यकालमा उपप्रमुखका हैसियतले आफ्नो जिम्मेवारी बखुबी निर्वाह गरेका महिलाहरुले यसपल्ट प्रमुखमा स्वाभाविक दाबेदारी गर्नेछन् । त्यसो त प्रमुखले पनि अर्को कार्यकालमा निरन्तरताको आशा राख्न सक्छन् । यो अवस्थामा उपप्रमुखका रुपमा राम्रो कार्य सम्पादन गरेका महिलालाई नेतृत्वको भर्याङमा एक खुड्किलो माथी जान अवसर दिने कि, स्थानीय तहको नेतृत्व फेरि पुरुषमय बनाउने भन्ने दलहरुकै हातमा छ्’

दोधारा । संबिधानले स्थानिय तहको प्रमुख वा उपप्रमुख मध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ भनेको छ् । स्थानीय तहको नेतृत्वमा महिलाको पहुँच सुनिश्चित गर्न संविधानले यस्तो व्यवस्था गरेको हो । संविधानको अर्थ पुरुषलाई प्रमुख बनाऊ र महिलालाई उपप्रमुखमा सीमित गर् भन्ने होईन् । तर अघिल्लो चोटिको निर्वाचन नतिजा हेर्ने हो भने ७ सय ५३ स्थानीय तह मध्ये १८ वटामा मात्र महिला प्रमुख छन् । देश भरका ६ महानगर मध्ये भरतपुरमा मात्र महिला मेयर छन् । त्यस्तै, २ सय ७६ नगरपालिका मध्य ५ वटामा महिला मेयर छन् भने ४ सय ६० गाँउपालिका मध्ये १२ वटामा महिला प्रमुख छन् । यो तथ्यांक हेर्दा अघिल्लो चोटीको स्थानिय तह निर्वाचनमा राजनीतिक दलहरुले महिलालाई जानाजान उपप्रमुखको हैसियतमा मात्र राख्न चाहेको देखिन्छ् । झन्डै ९८ प्रतिशत स्थानिय तहको जिम्मेवारी पुरुषलाई दिएर दलहरुले नेतृत्वको हकदार भनेका पुरुषनै हुन् भन्ने पितृ सत्तात्मक सोचबाट आफूहरु मुक्त नभएको पुष्टि गरेका छन् । देश फेरि स्थानिय तह निर्वाचनको संघारमा छ् । २०७९ वैशाख ३० गते स्थानिय तहको निर्वाचन घोषणा भईसकेको छ् । यसपाली दलहरुले आफ्नो सोच परिवर्तन गरेर महिलालाई नेतृत्वको अवसर देलान् कि, फेरि पुरुषहरुकै हालिमुहाली कायम राख्लान्, त्यो हेर्न बाँकीनै छ् । एउटा कुरा चाहि पक्का छ, अघिल्लो कार्यकालमा उपप्रमुखका हैसियतले आफ्नो जिम्मेवारी बखुबी निर्वाह गरेका महिलाहरुले यसपल्ट प्रमुखमा स्वाभाविक दाबेदारी गर्नेछन् । त्यसो त प्रमुखले पनि अर्को कार्यकालमा निरन्तरताको आशा राख्न सक्छन् । यो अवस्थामा उपप्रमुखका रुपमा राम्रो कार्य सम्पादन गरेका महिलालाई नेतृत्वको भर्याङमा एक खुड्किलो माथी जान अवसर दिने कि, स्थानीय तहको नेतृत्व फेरि पुरुषमय बनाउने भन्ने दलहरुकै हातमा छ् । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेबाट दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी गिरी ओझाको नाउ यस पटक मेयर पदका दाबी हुनसक्ने प्रवल सम्भावना छ् । गएको स्थानिय निर्वाचनमा नगरउप्रमुख ओझा गिरीले आफना निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका गंगा जोशीलाई ९ सयको मत अन्तरले पराजित गरेका थिए ।


दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी गिरीले ५ हजार २ सय ७१ र जोशीले ४ हजार ३ सय ७१ मत ल्याएका हुन् । दोधारा चाँदनी नगरपालिकामा नगर उपप्रमुख पदमा रहेर कार्य गर्दै आएका चिनी ओझा गिरीको स्वाभाविक मेयर पदको दाबेदारी रहने नेकपा एमालेका कार्यकर्ताहरु बताउछन् । ‘मैले उपमेयर पछि मेयर पदमा दाबी गर्नु स्वाभाविक हो । पाँच वर्षमा मैले आफ्नो क्षमता देखाएकी छु, पार्टीले टिकट दिए मेयर लगाएत सो भन्दा माथीको सबै पदमा लड्न तयार छु’ दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख चिनी ओझा गिरीले भने– ‘यो पाँच वर्षमा जनताहरुको शिर निहुर्याउने काम गरेकी छैन् ।’ ‘पुरुष धेरै ठाँउहरुमा अनियमितताका कुरा बाहिर आएका छन् । महिला भएका ठाँउमा त्यस्तो सुनिएको छैन,’ उनले भनिन्, ‘वडा अध्यक्ष तथा मेयर लगाएत नेतृत्व पदमा महिला सहभागिता बढाउने विषयमा हरेक दल भित्र छलफल गर्नु जरुरी छ ।’ हाम्रो अनुभव र सिकाई हेरेर योगदान र कार्य क्षमता अनुसार पार्टीले अगाडी बढाउनु पर्छ् । कोटाका लागी मात्रै महिलालाई अगाडी बढाउने हो भने महिलाको नेतृत्व कहिल्यै विकास हुदैन् । यो कुरा सबै पार्टीले बुझ्न आवश्यक छ्’ उनले भनिन्, ‘मैले अहिल्यै मेयर दाबी गर्न मिल्दैन् । हामी त पार्टीका कार्यकर्ता हौं । पार्टीको निर्णय मान्नु पछर्् । पार्टीले हाम्रो कामको कसरी मूल्यांकन गर्छ भन्ने हो ।’ यस्तै गएको स्थानिय निर्वाचनमा राप्रपाबाट मेयर पदका महिला उम्मेदवार नन्दा खत्री यस पटक पनि मेयर पदमा आकांक्षी हुनसक्ने सम्भावना बढी छ् । नन्दा खत्री शुदुरपश्चिमाञ्चल महिला जागरण नामक संस्थाका अध्यक्ष रहेर सामाजिक कार्य गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका महिलाहरुको अधिकारको बारेमा आवाज उठाउदै आएका नेत्री खत्री राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बलिया नेत्री हुन् ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, प्रबक्ता ज्ञानेन्द्र शाही जस्ता प्रभावशाली नेताको आगमन पछि पार्टीले नयाँ उर्जा हासिल गरेको नेत्री नन्दा खत्रीको भनाई रहेको छ् । गएको स्थानिय निर्वाचनमा मेयर पदका उम्मेदवारमा नेपाली काग्रेंसको तर्फबाट बिर बहादुर सुनार रहेका थिए भने, नेकपा एमालेबाट किशोर कुमार लिम्बु, राप्रपाबाट नन्दा देबी खत्री, नेकपा माओबादीको तर्फ देखि ईन्द्र बहादुर रावत थिए । मेयर पदमा नेपाली कांग्रेसका बिर बहादुर सुनार मेयर पदमा विजयी भएका हुन् । सुनारले एमालेका किशोर कुमार लिम्बुलाई ४ सय १८ मतको अन्तरले पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् । नेपाली काग्रेंसका बिर बहादुर सुनारले ५ हजार १ सय ३४ र नेकपा एमालेका किशोर कुमार लिम्बुले ४ हजार ७ सय १६ मत प्राप्त गरेका थिए । पञ्चायतीकाल देखि राजनितिक गरि दोधारा चाँदनीका स्थानियहरुलाई जोगाउन महाकाली नदी र जगबुडा नदीको तटबन्ध निमार्ण गर्नु पर्छ भन्ने बुलन्द आवाज उठाउदै आएका दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख बिर बहादुर सुनार नेपाली काग्रेंसका सशक्त नेता हुन् ।






