दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बिमा रकम हस्तान्तरण गर्दै आएको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीद्धारा गठित बिष्णु नगर महिला समुहका सदस्य बसन्ती भण्डारीका श्रीमान हरि सिंह भण्डारीको निधन प्रति शोक ब्यक्त गर्दै काजक्रिया खर्च बापतको रकम नगद रु. १४ हजार प्रदान हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ वडा कार्यालयका कार्यबाहक वडाध्यक्ष नरेन्द्र सिंह भण्डारी मार्फत उक्त रकम हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा कार्यबाहक वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीले समुहमा अनुशासन कायम गर्नुपर्ने र कर्जा सदुपयोग गर्ने बारे प्रष्ट्याएका थिए । उनले बैंक वित्तिय संस्थाबाट आफुलाई आवश्यक पर्ने रकम मात्र कर्जा स्वरुप लिनुपर्ने, अन्य फजुल खर्च गर्दा समस्या आउने तथा उत्पादनमुलक परियोजनामा लगानी गरेर आफ्नो आय वृद्धि गरी जिवन स्तर माथी उकास्नु सकिने बताए ।


निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयका शाखा प्रबन्धक जीत नारायण चौधरीले आफ्ना ग्राहक सदस्यलाई परियोजना अनुसार १० देखि १५ प्रतिशत ब्याज दरमा कर्जा उपलब्ध गराउदै आएको र बचत तर्फ अधिकतम ९ प्रतिशत, मुद्वती बचत खातामा १० देखि २५ प्रतिशत, संस्थागत मुद्वती बचत खातामा सतप्रतिशत र निर्धन रेमिटान्स मुद्वती बचत खातामा ११ प्रतिशत सम्म ब्याज दिने गरेको बताएका छन् । यसै गरी दलित, मुक्त कमैया, बादी, हलिया, द्घन्द पिडित, एकल महिला, अपांग तथा जेष्ठ नागरिक सदस्यलाई कर्जाको ब्याज दरमा थप १ प्रतिशत सहुलियत रहेको बताए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चाँदनीले चालु आर्थिक वर्ष २०७८/७९ मा बिमा क्षतिपुर्ति स्वरुप ३ जनालाई रु.३ लाख ६४ हजार र सदस्यको श्रीमानको देहान्त पश्चात काजक्रिया खर्च बापत १० जनालाई रु. १ लाख ४० हजार तथा गम्भीर रोगबाट पिडित सदस्य, उनका श्रीमान वा छोराछोरी सहित ५ जनालाई रु. २५ हजार र सुत्केरी पोषण खर्च बापत ५० जनालाई रु. ८० हजार बितरण गरेको बताईएको छ् । समुह सदस्य तथा स्थानियको उपस्थिति संचालन गरिएको बिमा रकम हस्तान्तरण कार्यक्रमको सहजीकरण संस्थाका लेखापाल दुखीराम बुढाथोकी र तोया नाथ पन्तले गरेका थियो । लघुवित्त क्षेत्रमा ठुलो संरचना रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तिन दशक देखि निरन्तर अगाडि बढिरहेको छ् । हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्य क्षेत्र बनाई १ सय ८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिगरहेको कार्यक्रममा बताईएको छ् ।








