दोधारा । दोधारा चाँदनी नगरपालिकामा राप्रपाले आमसभा गर्ने भएको छ् । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा आउदो चेत्र ९ गते आमसभा गर्ने भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले जानकारी दिएका छन् । आउदो बैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनी नगरपालिकामा आमसभाको तयारीमा राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी जुटेका छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीको बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ नेता डा. धवलशमशेर राणा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेत्री तथा नायिका रेखा थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय महामन्त्री कुन्ती शाही, राष्ट्रिय प्रबक्ता ज्ञानेन्द्र बहादुर शाही लगाएत केन्द्रिय नेताहरुलाई आउदो चेत्र ९ गते दोधारा चाँदनी नगरपालिकामा हुने बिशाल आमसभाका सहभागी हुन निम्तो पठाएको हो । दोधारा चाँदनी नगरपालिकामा हुने आमसभामा अधिकांश राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय नेता सहभागी हुने बताईएको छ् । बिगतमा दोधारा चाँदनीको स्थानिय निर्वाचनमा चौथो दलकोरुपमा स्थापित भएको र आसन्न सबै तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पहिलो दलकोरुपमा स्थापित हुने पक्का भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले बताएका छन् । ‘राप्रपाको जनलहर निकै बढेको छ् । दिनहँु अन्य पार्टी परित्याग गरि राप्रपामा प्रबेश गर्ने लहर छ्’ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले भने–‘दोधारा चाँदनी नगरपालिकामा हुने स्थानिय निर्वाचनमा हाम्रा सबै उम्मेदवार बहुमतले बिजय हुने पक्का छ् ।’ दोधारा चाँदनी नगरपालिकामा आमसभा हुने निर्णय संगै सभाको तयारीको लागी बिभिन्न समिति तथा उपसमिति निमार्ण गरिने समेत बताईएको छ् ।







