दोधारा । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता तथा सामाजसेवी भीम कुमालले विद्यालयमा फुटबल खेल्ने क्रममा घाईते भएका भीमदत्त नगरका एक विद्यार्थीको उपचारका लागि आर्थिक सहयोग गरेका छन । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका घाईते विद्यार्थी टुहुरा अनिश दमाईएको उपचारका लागि नगद सहयोग गरेका छन । दलित समुदायका बालक त्यसमा पनि टुहुरा आर्थिक रुपमा विपन्न भएकाले पैशा नभएकाले अस्पतालले उपचार गरेपछि माओवादी केन्द्र
कुमालले अस्पतालमै पुगेर सहयोग गरेका हुन । शुक्रबार दिउसो माओवादी केन्द्र दोधारा चाँदनीका नगर अध्यक्ष एवम् समाजसेवी समेत रहेका कुमालले दमाईको उपचारका लागि नगद रु. ५ हजार सहयोग गरेका हुन । घाईते दमाईलाई भेटेरै उनका दाजु मदन दमाईलाई उपचार खर्च दिएका हुन । यस अघि पनि माओवादी केन्द्र कुमालले कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा आर्थिक, समाजिक रुपमा विपन्न एव बेसाहरा नागरिकलाई आर्थिक सहयोग गरेका थिए । ‘अहिले मेरो तर्फबाट सक्दो सहयोग गरेको छु, ‘माओवादी नेता कुमालले भने, ‘उपचारका लागि थप सहयोग गर्छु ।’ घाईतेका दाजु मदन दमाईले पैशा अभावका कारण अस्पतालले समेत उपचारमा ढिलाई गरिदिएको दुखेसो पोखे । ‘गरिब दलित, विपन्नका लागि सरकारी अस्पतालमा नि:शुल्क उपचार भन्छन, ‘उनले भने, ‘तर हाम्रा लागि केही भएनन्, वडाबाट सिफारिस गर्दा समेत केही भएन ।’ गरिब दलित भएकै कारण भाईको उपचारमा अस्पतालले पैशा मागेपछि शुक्रबार बिहान सल्यकृया हुने भएपनि पैशा अभावले दिउसो सम्म पैशा जुटाउन नसकेको अवस्थामा माओवादी केन्द्रका नेता भीम कुमालले केही सहयोग गरेपछि भाईको उपचार हुने आशा व्यक्त गरेका छन । आर्थिक अभाव भएका घाईते विद्यार्थी अनिस दमाईका उपचारका लागि अखिल क्रान्तिकारी कञ्चनपुरले सहयोगका लागि अपिल गरेको थियो । बिहीबार विद्यालयमा फुटबल खेल्ने क्रममा भीमदत्त नगरपालिका– ३ नयाँ तिलकपुर स्थित बैजनाथ मावि कक्षा १० मा अध्ययनरत छात्र दमाईको खुट्टामा चोट लागेको थियो । दमाईको खुट्टाको एक औला टुटेको छ । टुहुरा मात्रै नभई दलित समुदायका छात्रा दमाईको उपचारमा आर्थिक अभाव भएकाले क्रान्तिकारीका कञ्चनपुरले नि:शुल्क उपचारका लागि माग अघि सारेको थियो ।







