दोधारा । दोधारा चाँदनी नगरपालिकाको गणेश आधारभुत बिद्यालय र जमुना आधारभुत बिद्यालयमा अध्यनरत गरिब तथा टुहुरा बालवालिकालाई पोशाक सहयोग गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ वडा कार्यालयले आफ्नो क्षेत्रमा रहेका गणेश आधारभुत बिद्यालय र जमुना आधारभुत बिद्यालयका टुहुरा तथा गरिब बालवालिकालाई एक/एक थान बिद्यालय पोशाक उपलब्ध गराएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्करदत्त जोशीले जानकारी दिएका छन् । आज एक कार्यक्रमको बिच गणेश आधारभुत बिद्यालयमा अध्यनरत बालकक्षाका ४० जना टुहुरा तथा गरिब बालवालिकालाई एक/एक थान बिद्यालय पोशाक हस्तान्तरण गरिएको छ् ।


आफ्नो क्षेत्रमा पर्ने गणेश आधारभुत बिद्यालय र जमुना आधारभुत बिद्यालयलाई अग्रेंजी माध्यमबाट पढाई संचालनको लागी केही महिना अघि दुबै बिद्यालयमा पुस्तक समेत बितरण गरिएको कार्यक्रममा बताईएको छ् । सामुदायिक बिद्यालयमा भन्दा निजी बिद्यालयमा बिद्याथी पढाउने आकर्षणलाई रोक्न वडा कार्यालयले आफ्नो क्षेत्रमा रहेका गणेश आधारभुत बिद्यालय र जमुना आधारभुत बिद्यालयमा अंग्रेंजी माध्यमद्धारा पठनपाठन गर्ने ब्यवस्था मिलाउदै गरेको हो । गणेश आधारभुत बिद्यालयको प्रांगणमा संचालन गरिएको बिद्यार्थीहरुलाई पोशाक बितरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार, काग्रेंस नेता बेल बहादुर राना, नेपाली काग्रेंस दोधारा चाँदनीका नगर उपाध्यक्ष राम कृष्ण जोशी, दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशी, वडा सदस्य तेज सिंह थापा, राधा सुनार, काग्रेंस नेत्री मथुरा पन्त, जमुना आधारभुत बिद्यालयका प्रअ सुक्र सिंह चाड, जमुना आधारभुत बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णा बहादुर ओली लगाएत शिक्षक, अभिभावक, बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।


दोधारा चाँदनी नगरपालिकाको दुर्गम क्षेत्र तथा नेपाल–भारत सिमा क्षेत्रमा अवस्थित रहेको दुबै बिद्यालयका अभिभावकको आर्थिक कठिनाईलाई मध्नजर राख्दै वडा कार्यालयले बिद्यार्थी तथा बिद्यालयलाई सहयोग गर्दै आएको कार्यक्रममा बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले वडा नं. ३ का वडा अध्यक्ष पुष्कर दत्त जोशीले वडा क्षेत्रमा आफुले सोचे भन्दै राम्रो काम गर्दै आएको बताएका छन् । वडा अध्यक्ष जोशीले शिक्षा, सडक, स्वास्थ्य तथा बिपन्न बर्गमा वडामा निपुणताको साथ बिनियोजन गरेको बजेट स्वागत योग्य रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काग्रेंसका नेता बेल बहादुर रानाले सामुदायिक बिद्यालयमा अभिभावको प्रतिको लगाव कम भएको अवस्थामा वडाध्यक्ष जोशीले बिद्यालयमा अंग्रेंजी माध्यमबाट पढाई गर्ने सुरुवात गरेको प्रशंसा गर्दै वडाको समग्र बिकासमा वडाध्यक्ष सफल भएको दाबी गरेका छन् ।


पोशाक हस्तान्तरण कार्यक्रममा उपस्थित अभिभावकहरुले वडा अध्यक्ष तथा वडा कार्यालयको खुलेरै प्रशंसा गरेका थिए । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुष्कर दत्त जोशीले दुबै आधारभुत बिद्यालयलाई अंग्रेंजी माध्यमबाट पठन पाठन गर्ने उद्धेश्यले निशुल्क पुस्तक तथा पोशाक बितरण गरिएको बताएका छन् । ‘जमुना आधारभुत बिद्यालय र गणेश आधाभुत बिद्यालयका शिशु कक्षका बिद्यार्थीहरुबाट अंग्रेंजी माध्यमबाट पठन पाठन संचालन गर्ने उद्धेश्यले पोशाक र पुस्तक वडा कार्यालयबाट सहयोग गरेका हौं’ दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुष्कर दत्त जोशीले भने ।







