दोधारा । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दोधारा चांदनीले आफ्नो संस्थामा आबद्ध सदस्यलाई बिमा रकम हस्तान्तरण गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ स्थित निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय संग अन्तर्गत गठित गैरीबजार महिला समुहका सदस्य जयकला गिरीका श्रीमान लक्षण गिरीको निधन प्रति शोक ब्यक्त गर्दै काज क्रिया खर्च बापतको रकम नगद रु. १४ हजार प्रदान गरिएको छ् । आज एक कार्यक्रमका बिच शाखा प्रबन्धक जित नारायण चौधरीले जयकला गिरीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा शाखा प्रबन्धक चौधरीले आफ्ना ग्राहक सदस्यहरुको बृत्ति विकाशको लागि समय समयमा सक्षरता तथा आयमुलक तालिम संचालन गर्दै आएको बताएका छन् । जस अन्र्तगत संस्थाले ग्राहक सदस्यलाई व्यवसायिक तरकारी खेती, व्यवसायिक गाई/भैसी तालिम, व्यवसायिक बाख्रा पालन तालिम लगाएत अन्य शिपमुलक तालिमका साथै वित्तीय साक्षरता तालिम समेत दिदै आएको बताए । शिपमुलक तालिम लिएर व्यवसाय गरिरहेका ग्राहक सदस्यहरुको आर्थिक क्रियाकलाप बृद्घि भएर आर्थिक तथा सामाजिक अवस्थामा समेत सुधार भएको दोधारा चाँदनी नगरपालिकामा थुप्रै उदाहरणहरु रहेको बताए । त्यसका साथै संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत कर्जा बिमा, सुत्केरी पोषण, ग्राहकका छोराछोरीलाई छात्रवृत्ति, सदस्य तथा उनका परिवारमा गम्भीर रोगबाट पिडित हुदा आर्थिक राहत सहयोग, आगलागी, पहिरो तथा बाढी पिडित सदस्यलाई आर्थिक राहत सहयोग लगाएतका सुबिद्या दिदै आएको उनले बताए । लघुवित्त क्षेत्रमा ठुलो संरचना रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था सामाजिक रुपान्तरणमा तिन दशक देखि निरन्तर अगाडी बढिरहेको र हाल संस्थाले देशको ७७ वटै जिल्लालाई कार्य क्षेत्र बनाई १ सय ८१ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिगरेको उनको भनाई रहेको छ् ।







