महेन्द्रनगर : कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नं २ की १५ वर्षीया किशोरी खेमा खड्काको डुबेर मृत्यु भएको हो । साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीसँगै अरु ६ जना साथीहरु पनि त्यहाँ गएका थिए । तर, उनीहरु भने सकुशल छन् । यता, आफन्तले भने यो हत्या भएको बताएका छन् । किशोरीको हत्या भएको हुनसक्ने उनका आफन्तहरुको आशंका छ । यस्तै अहिले मृतक खड्काको शव पोष्टमार्टमको लागि सेती प्रादेशीक अस्पताल पठाईएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ । उक्त काठेपुल तथा गोदावरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुन्छ ।

