विष्णु जोशी /महेन्द्रनगर : विश्व समाजमै आज नारी उत्पिडन देखि नारीहरु माथी थिचोमिचो किन भनेर अनैकौ कुराहरु गरि नारी दिवस मनाइने त होला नि ? आज हामी सामाजिक संजाल, पत्रपत्रिका लगायत सम्पुर्ण क्षेत्रहरुमा महिला विकास, महिला-पुरुष समानता तथा महिलाहरुमा भएका हिंसा बारे प्रयाप्त हेर्न पाउछौ । हामी मिडिया केन्दृत कार्यक्रममा ठूलो स्वरले माइक अगाडि कराउछौ, अब महिला पुरुष समान हुनुपर्दछ । कानुनमा यस्ता धेरै कुरा लेखिनु पर्छ भनेर तर किन कार्यक्रम र मिडियाको अगाडि फुर्ती लगाउने ती सबै व्यत्तीहरुको पछाडी पछाडी आज ती मिडियाकर्मी साथीहरु घर सम्म नै जाउ त खोइ त्यसमा केही मानिसहरु घरमा पुग्ने बितिक्कै पानी ल्याउ, चिया ल्याउ देखि सामान्य काममा पनि फेरि महिलाहरुलाई नै भनिरहेको भेटनु हुन्छ ।

आजका कार्यक्रममा माइक अगाडि बोल्ने ती सबै महिला पुरुषलाई सोधौ त किन तपाईं कार्यक्रममा एक्लै ? तपाईं सङ्गै तपाइका घरका महिला-पुरुष जो भए पनि उहाँले पनि कार्यक्रम आउने अधिकार होइन । हामी समाजका शिक्षित वर्गहरु NGO तथा INGO बाट रकम असुल्नको लागि नारी उत्पिडनका कुरामा चर्चा गर्दछौ तर हामी समाजको शिक्षित वर्ग भएर पनि समाजको कुनै ठाउँ मा बोल्नु पर्दा पनि आफ्नो परम्परा र धर्मका नाममा महिला माथीको हिंसा टुलुटुलु हेरेर बस्छौ, अनि ल्याप्टप – कम्प्युटर तथा ईन्टरनेटमा गएर महिला सम्बन्धिका सूचकांकहरु हेरेर अनैकौ कुरा गर्छौ । महिनावारी भएका महिलाहरुले अलगै बस्नु पर्दछ भने हाम्रो समाजमा शिक्षाको कमिले होइन किनकी अहिलेकै अवस्थामा गाउँमा गएर हेर्नुस त खोइ त्यही घरमा वि.एस्सी, एम.एस्सी. पास गरेका शिक्षित मानिसहरुको ठुलै संख्या भेटन सकिन्छ ।

त्यसैले समय नारा जुलुस सडकमा लगाएर नारी दिवस मनाउने होइन गाउँ-गाउँमा गएर जन चेतना फैलाउने हो , प्राथमिक शिक्षाबाट नै महिला पुरुष जातीयताका बारे शिक्षा दिने बेला हो । बाल-बालिकाको लागि सबै भन्दा ठूलो गुरुकुल घर हो समाज हो यदि घर घर देखि समाजमा परिवर्तन गर्न सकियो भने कति समय लाग्ला समानता ल्याउन ? यस बारे बहस शुरु हुनु समेत जरुरी छ । समयमा यस्ता कार्यमा ध्यान दिन नसक्नु भनेको सदरमुकाम केन्द्रित भएर काम गर्नुमा परिणाम को आशा पनि झिनो हुनु हो । पछिल्लो दशक भन्दा यो दशकमा समाजमा धेरै परिवर्तन आएकै हो जसमा हरेक नागरिक लाई बराबर श्रेय दिनै पर्ने ठाउँ हो तर अझै धेरै गर्नु बाकी छ भनेर अगाडि बढने कि ?

कंचनपुर विश्व नारी दिवस (8 मार्च 2022) विश्व नारी दिवसको सम्पुर्ण नारीहरुमा शुभकामना छ।






