दोधारा । आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले दोधारा चाँदनीमा चुनावी अभियान तिब्र बनाएको छ् । दोधारा चाँदनी नगरपालिकाका सबै वडा टोलमा भेला संचालन गर्ने योजना अनुरुप आज दोधारा चाँदनी नगरपालिका वडा नं. २ कालिका आधाभुत बिद्यालयको प्रांगणमा टोल भेला सम्पन्न गरेको छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनी वडा नं. २ का वडा अध्यक्ष नर बहादुर धामीको सभापतित्वमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्री रहेका थिए भने अथितीमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सदस्य तमान सिंह गुरुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुर पुर्व जिल्ला सदस्य भगिरथ भट्ट, नगर अध्यक्ष बिर बहादुर शाहा, पुर्व केन्द्रिय सदस्य शान्तीमाया सुनुवार लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा विषयमा प्रष्ट पार्दै पार्टी भन्दा माथी उठेर धर्म रक्षाका लागि आफूहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आसन्न स्थानिय निर्वाचनमा बहुमतले जिताउन बक्ताहरुले अनुरोध गरेका थिए । सर्वधर्म सम्बाद सहित हिन्दु राष्ट्रको माँग सहित निर्वाचनमा आउदो बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा सबै पदका लागी राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेवारी दिने भएको र आफुहरुको जित पक्का रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सदस्य तमान सिंह गुरुङ्गले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा गएको स्थानिय निर्वाचनमा चौथो दलकोरुपमा स्थापित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी आउदो स्थानिय निर्वाचनमा पहिलो दलकोरुपमा स्थापित भई देश र जनताको लागी समर्पित हुने पार्टीका बरिष्ठ नेता तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीले बताएका छन् । नेपाली कांग्रेंस, एमाले, माओबादी लगाएत दलहरुले बिदेशीहरुलाई देश बेच्न लागेको अवस्थामा देश र राष्ट्रियतालाई जोगाउने पार्टी एक मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको उनले दाबी गरेका छन् ।







