महेन्द्रनगर : कञ्चनपुरमा २ वर्षीय बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । आपनो मामाको घरमा गएका उनको ४ फिटको पानीको खाल्डोमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । पुनर्वास नगरपालिका–२ अरनिकोवस्ती बस्ने दिल बहादुर तामाङको २ बर्षिय छोरा अनुरोध तामाङको नल्काबाट आएको पानीलाई खाडल बनाएर जम्मा गरेको पानीमा शनिवार खसेपछि उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले बताए ।

