महेन्द्रनगर : कैलालीमा ट्रकको ठक्करबाट किशोरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरकी १६ वर्षीया किशोरी स्वस्तीका कुँवरको मृत्यु भएको हो । सोमबार धनगढी–अत्तरिया ६ लेन सडकमा बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

साइकलमा सवार ती किशोरीलाई विद्यालयबाट घर फर्कने क्रममा जेब्रा क्रसमा ट्रकले ठक्कर दिएको र ठक्करबाट घाइते भएकी उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । ठक्कर दिने ट्रक र चालक गोदावरी ४ बस्ने गणेश लामा प्रहरीको नियन्त्रणमा छन् ।

