पाठेघरलाई यथास्थानमा राख्ने तन्तुहरू खुकुलो भएर तल झर्नु नै पाठेघर खस्नु हो । विशेष गरि दुर्गम ग्रामीण क्षेत्रमा यो समस्या बढी पाइएको छ । विवाहित महिलामा देखीने यो रोग कतिपय अवस्थामा अविवाहित महिलामा पनि हुन सक्छ ।
पाठेर खस्नु गम्भीर समस्या होइन तर पाठेघर सधै अगाडी र मूत्र थैली पछाडी बाट मलाशय माथिबाट आन्द्रा तल सरेर आँउनू भनेको जटिल समस्या हो । प्रायः पाठेघर झरेर योनी बाट बाहिर आइसके पछि मात्र महिलाहरू स्वास्थ्य संस्थामा आउने भएकाले संक्रमणं भैं पाठेघर मुखको क्यान्सर हुने बढी सम्भावना रहन्छ । यो समस्याको मुख्य कारण मध्ये कम उमेरमा वैवाहिक सम्बन्ध हुन पहिलो बच्चा जन्माए पछि जन्मान्तर न राखी धेरै बच्चा जन्माउनु बल प्रयोग गरि साल नाल निकाल्नु धुम्रपान वाट उत्पन्न खोकी कारण पेटमा बल पर्नु, सुत्केरीलाई पोष्टीक आहारको कमी हुनु सुत्केरी अवस्थामा भारी काम गर्नु आदि हो ।

यो रोगको मुख्य लक्षणहरुमा महिलामा विभिन्न समस्याहरू देखिन्छ शुरुशुरुमा योनीबाट केही निस्केर वसेको जस्तो महशुस हुने, विस्तारै पिसाप फेर्न गाहरो हुने, खोकी लाग्दा, हिडदा, पेटमा बलपर्दा पिसाप चुहिने तथा ढाड दुख्ने जस्ता लक्षण देखिन्छ त्यस्तै योनीबाट सेतो पानी बग्ने, बसेर काम गर्न असहज हुने जस्ता लक्षण भनेको पाठेघर खस्नु अगाडिका लक्षणहरु हुन । समयमा उपचार गराएमा यसबाट छिटै मुक्त हुन सकिन्छ । शुरुमा अर्थात पहिलो चरणमा सामान्य व्यायाम गरेर पनि उपचार गर्न सकिन्छ त्यसै गरी गुप्तांंगमा रिंग पेसरी विधि बाट झरेको पाठेघरलाई भीत्रै अडकायेर पनि राख्न सकिन्छ तर यो समय समयमा फेर्नु पर्ने हुन्छ । पाठेघर महिला को गुप्तांगबाट बाहिर निस्केको अवस्थामा शल्यक्रिया गर्नु नै उपयुक्त हुन्छ शल्य क्रिया बाट कसैको पाठेघर पुरानै अवस्थामा राख्न सकिन्छ भने कतिपय अवस्था हेरेर पाठेघर निकालेर उपचार गर्न सकिन्छ । यसको उपचार समय मैं भएमा पाठेघर मुखको क्यान्सरका कारण हुने मृत्युवरण गर्नुपर्ने अवस्था वाट वाच्न सकिन्छ ।

हाल विदेश जाने क्रम बढ्दो र पहिले भन्दा आर्थिक अवस्थामा सुधार हुनुको साथै जन चेतनाको कारणले गर्दा पनि अहिले आङ खस्ने समस्या केही हदसम्म कम भएको छ ।
पाठेघर खस्ने (आङ खस्ने) समस्या भए पनि कतिपय ग्रामीण महिलाहरु खुलेर बोल्न नसक्ने र रोग लुकाएर बस्ने गरेको पाइएकोले यो समस्या झन जटिल बन्दै गएको हो । पाठेघर खस्ने समस्या धेरै भए पनि समाजमा अपमानित हुने डरले महिलाहरू रोग लुकाउन बाध्य छन । सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका निर्देशक डा.कृष्ण प्रसाद आचार्यका अनुसार ‘महिलाहरु बाध्यतावश घाँस दाउरा गर्नु पर्ने टाडा बाट पानी ल्याउनु पर्ने भान्साको धुवा र धुम्रपान समेत गर्ने कारणले पनि रोगको सामना गर्नु परेको छ । पोषण युक्त खानपान न हुनु सुत्केरी भएको समयमा पनि कामकाजमा खट्टिनु पर्ने हुनाले पनि शारीरिक अवस्था झनै कमजोर हुँदै जाने गर्दछ । त्यसैगरी जन्मान्तर पनि निकै कमी हुनाले पाठेघरमा रहेको तन्तुहरुमा कमजोरी आउनु, सुत्केरी व्यथाका क्रममा च्यातिएको घाउ राम्रो सँग न मिलाउनु, यस अवस्थामा आराम न गर्नु भारी समान उठाउनु, लामो र कष्टपूर्ण व्यथा लाग्नु, कसै कसेैेको पाठेघर लाई टेवा दिने तन्तुहरू जन्मजात्नै कमजोरका कारणले पनि आङ खस्ने समस्या देखा पर्न सक्छ ।’ ‘यसका अतिरिक्त ढल्कीदो उमेरमा महिनावारी सुकिसके पछि इंस्ट्राजेन नामक हार्मोन को अभावमा पाठेघर वरिपरिका तन्तहरु कमजोर भए, पाठेघरमा ठूलो मासु पलाए आङ खस्ने समस्या सिर्जना हुन सक्ने डाक्टर आचार्य बताउछन् ।

कंचनपुरमा महिलाहरुको पाठेघर खस्ने समस्याको सन्दर्भ मा आ.व. ०७७/०७८मा १०८ र ०७८/०७९ मा हालसम्म ३४ महिलामा आङ खस्ने समस्या देखिएको जिल्ला स्वास्थ कार्यालय कञ्चनपुरका सूचना अधिकारÞी केसर सिह कार्की बताउँदछन् । परिवार नियोजन संघ कञ्चनपुरका प्रमुख वासुदेव विष्टका अनुसार आङ खस्ने समस्याको प्रमुख कारण पटक पटक गर्भ र सम्बन्धित भएकोले गर्भावस्थामा पोषण युक्त खाने कुरा, सरसफाई तथा शारीरिक अभ्यास, सुत्केरी व्यथाका बेला चाडै बढी कन्न नलगाउने लामो र कष्टपूर्ण व्यथा हुन् न दिने तथा सुत्केरी पश्चात आराम गराउने तथा योनीद्वार र मलद्वार वरिपरिको मासु कसिलो बनाउने अभ्यासहरु गरे आङ खस्ने समस्याबाट जोगिने सकिने बताउँछन । दोस्रो प्रकारको आङ खस्ने समस्याको उपचार शल्य क्रिया बिना नै गर्न अवस्था हेरि चुरा (रिङ पेसरी) लगाउन सकिन्छ गर्भवती तथा सुत्केरी महिला, शल्यक्रिया गर्न योग्य नभएका महिला, शल्यक्रिया पर्खिन्जेल तथा बिरामीको चाहना बमोजिम चुरा लगाई दिन सकिन्छ । तेस्रो एवं चौथो प्रकारका आङ खस्ने समस्या भएका महिला तथा महिनावारी सुकी सकेकामा योनी द्वारवाट पाठेघर निकाल्ने शल्यक्रिया गर्न सकिन्छ कतिपय अवस्थामा पेटमा घाउ बनाई पाठेघर निकाल्ने शल्यक्रियाको विकल्प स्वरुप योनिद्वार बाँटै–पाठेघर निकाल्न सकिने कुरासमेत परिवार नियोजन संघ प्रमुख विष्ट बताउँछन ।
कतिपय ठाँउमा महिला प्रति अज्ञान, अशिक्षा जनचेतनाको अभाव र परम्पराको नाममा हुने हिंसा जन्य व्यवहार पनि आङ खस्ने रोगको जिम्मवार रूपमा देख्न सकिन्छ । जस्तै कि सुत्केरी अवस्थामा महिलालाई गोठको एक कुनामा राख्ने, सेक ताप न गर्ने, सर सफाईको कमी., छुवाछूत व्यवहार गर्ने पोषण युक्त खाना (माछा मासु अण्डा दूध घिउ) सुत्केरी भएको लामो अवधि सम्म न दिने, विरामी अवस्थामा स्वास्थ्य केन्द्र लानुको सट्टा धामी झाँर्की गर्ने, यसै अवस्थामा छाँस दाउरा गर्ने, भीर पाखा जाने, भारी समान उठाउने आदी कुरा पनि यस रोगको कारण रहेको छ । अतःयस बाट मुक्तिका लागि यसलाई निर्मुल पार्दै जान समाजिक जनचेतना, शिक्षा, जनजागृति अपरिहार्य रूपमा अंगालेर जानुको पनि विकल्प छैन ।
सुदूर पश्चिम प्रदेश सरकारले महिलामा देखिएको पाठेघर खस्ने समस्या न्युनिकरण गर्ने कार्यक्रम सञ्चालन गरेको छ । नेपालगञ्ज मेडिकल कलेज संग समन्वय सहकार्य गरिएको र सेती अस्पताल तथा महाकाली प्रदेसिक अस्पतालमा सेवा सुचारुको लागी दक्ष जनशक्ती अभावले सेवा विस्तार गर्न नसकेको सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खडका बताउनु हुन्छ । सुदूरपश्चिम प्रदेशका पालिकाहरुमा पाठेघर खस्ने समस्याका लागी उच्च प्राथमिकता दिई सिविर सञ्चालनका कार्यक्रम रहेको मन्त्री खडकाले बताउनु भयो ।
