पुनर्वास- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी कंचनपुरको नियमित दोस्रो पुर्ण बैठक पुनर्वास नगरपालिकामा सम्पन्न भएको छ । शनिबार पुनर्वास नगरपालिका-२, मोतीबस्ती स्थित सहिद भवनको सभाहलमा एकीकृत समाजवादीका कंचनपुर जिल्ला अध्यक्ष जिवनराज थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।


बैठकले कृषकहरुका लागि रासायनिक मलखादको आपूर्ति सहज गर्न सरकारका निकायमा पहल गर्ने र भुमिहिन दलित, भुमिहिन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण कार्य छिटो, सर्वसुलभ र न्युन राजश्व लिई गर्न भुमि आयोगमा पहल गर्ने भनि दुई महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा नेताहरु बीच छलफलका क्रममा पुनर्वास नगरपालिकामा फागुन महिना भित्र नगर कमिटी गरिसक्ने, आउँदो स्थानीय चुनावमा पार्टीलाई सफल बनाउन सक्रिय तरिकाले पार्टीका हितमा लाग्न सम्पुर्ण कार्यकर्तालाई उपस्थित केन्द्रिय ईकाई कमिटी, प्रदेश ईकाई कमिटीका नेता गणहरुले निर्देशन दिएका थिए ।






