पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-२, दशरथबस्ती स्थित श्री भैरव बिद्या निकेतनका संस्थापक लालबहादुर खड्काले आफ्नो जन्मदिनमा शैक्षिक सामाग्री वितरण गरेका छन् । शुक्रबार आफ्नो ३२ औं जन्मदिनको उपलक्ष्यमा संस्थापक खड्काले बिद्यालयमा अध्ययनरत करिब ढाई सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।

जन्मदिनमा साथीभाई तथा आफन्तजनहरुको जमघट गरि हजारौ रुपैयाँ खाजामा खर्च गर्नुभन्दा विद्यार्थीलाई शैक्षिक सामाग्री दिए उनीहरुको अध्ययन प्रतिको चासो बढ्ने संस्थापक खड्काले बताए । उनले अरुलाई पनि फजुल खर्च रोकेर यस्ता सामाजिक क्षेत्रमा खर्च गर्न अनुरोध गरेका थिए । अहिले संस्थापक खड्काले जस्तै थुप्रै व्यक्तिहरुले शैक्षिक सामाग्री , अनाथ आश्रम र अति विपन्न परिवारलाई विभिन्न सहयोग गरि जन्मदिन मनाउने क्रेज बढेको पाईन्छ ।

