पुनर्वास- कैलालीको धनगढी स्थित गरिमा पोलिक्लिनिक तथा राजधानी डेण्टल होमले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । शनिबार पुनर्वास नगरपालिका-३, आई.बि.आर.डी.मा रहेको जनकल्याण माध्यमिक बिद्यालयको प्राङ्गणमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा दम रोग, निमोनिया, धड्कन बढ्ने, खुट्टा सुन्निने, सुगर सम्बन्धी जाच, दात सम्बन्धी जाच, ब्लड प्रेशरको जाच, महिला स्वास्थ्य परामर्श, हाडजोर्नी तथा बाथरोग, टाउको तथा नशा रोगको विशेष उपचार गरिने गरिमा पोलिक्लिनिकले जनाएको छ ।

शनिबार बिहान १० देखि ४ बजे सम्म सञ्चालन हुने उक्त स्वास्थ्य शिविरमा वरिष्ठ कन्सल्टेन्ट(मुटु, सुगर, प्रेशर, नशा रोग) डा. निराजन दत्त शर्मा, वरिष्ठ दन्त चिकित्सक डा. शर्मिला कोईराला, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मधु सुधन घले (गुरुङ), वरिष्ठ दन्त शल्य चिकित्सक डा.रकिल रिमाल लगायतका चिकित्सकहरुद्वारा चेकजाँच गरिनेछ

