पत्रकार संग अन्तरक्रिया कार्यक्रम सम्पन्न


कञ्चनपुर: शुक्रबार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्य र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना महेन्द्रनगरमा कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, प्रमुख अतिथि समाजिक विकास मन्त्री लाल बहादुर खडका, प्रेस काउन्सिल नेपालका सदस्य हरि जोशी ,नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष प्रकाश शाह , उपाध्यक्ष योगेन्द्र बलायार, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव धामी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पदाधिकारी लगायत विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव राम सिंह ठगुन्नाले गर्नु भएको थियो।


ताजा समाचार

spot_img