दोधारा । नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले बाढीको बेला मानविय कार्यमा उल्लेखनिय कार्य गरेको भन्दै सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) मा ईन्चार्ज सई दान सिंह बिष्टलाई सम्मान गरेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिएका छन् । आज नेपाल रेडक्रस सोसाईटी उपशाखा कार्यालय दोधारामा एक कार्यक्रमको बिच सशस्त्र प्रहरीका सई दान सिंह बिष्टलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका अध्यक्ष राजेन्द्र मल्ल, सचिव मोहन सिंह सुनार, कोषाध्यक्ष हरि प्रसाद बराल, सदस्य मान बहादुर टेलर, कमला उपाध्याय्, भिमा देबि थापा, सशस्त्र प्रहरीद्धय सई हरि गिरी, दान सिंह बिष्ट लगाएतको उपस्थिती रहेको थिए ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) मा ईन्चार्ज सई दान सिंह बिष्टको बिदाई तथा नव आगन्तुक सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) ईन्चार्ज हरि गिरीको स्वागतको अवसर पारेर सई बिष्टलाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन् । सशस्त्र प्रहरीका सई झण्डै एक वर्ष देखि दोधारा चाँदनीको वडा नं. १० स्थित सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट कुतियाकवरमा ईन्चार्ज रहदै आएका थिए । ‘दोधारा चाँदनी नगरपालिकामा क्षेत्रमा केही महिना अघि आएको बिनासकारी बाढीले वडा नं. १० को कुतियावकर, बैतीफाँटा, सुर्खेती टोल, शान्ती टोल लगाएत बस्तीलाई क्षतबिक्षत बनाएको अवस्थामा मानविय उद्धारमा खटिएका सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर्र मा ईन्चार्ज सई बिष्टजीलाई सम्मान गरेका छौं’ नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका अध्यक्ष राजेन्द्र मल्लले भने । नेपाल रेडक्रस सोसाईटी उपशाखाका सदस्य कमला उपाध्यायले सशस्त्र प्रहरीका सई बिष्टले बिपद्को बेला मानविय कार्य गरेको कारण हामीले सानो भएपनि सम्मान गर्ने प्रयत्न गरेका बताएका छन् ।







