पुनर्वासमा ट्राफिक प्रहरीद्वारा अटो चालकहरुलाई नगद सहित सम्मान

पुनर्वास- कंचनपुरको पुनर्वास-डोकेबजार सडक खण्डमा चल्ने तीन पाङ्ग्रे अटो रिक्साका चालकहरुलाई सम्मान गरेको छ । आईतबार अस्थायी ट्राफिक पोष्ट त्रिभुवनबस्ती र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त आयोजनामा पुर्ण रुपमा ट्राफिक नियम पालना गर्ने, यात्रु संग शिष्ट व्यवहार गर्ने र कुनै पनि कसुर/अभियोग नलागेका दस ओटा अटो रिक्सा चालकहरुलाई नगद पाँच सय सहित दोसल्ला र प्रमाणपत्रले “नगर असल सवारी चालक” पुरस्कारले सम्मान गरेको हो । कार्यक्रममा अटो चालक हरिलाल रिजाल, कल्लु राना , तुलाराम चौधरी , हेमन्तसिंह बिष्ट , दलबहादुर मल्ल, ओम कुमार सुनार, गणेश लामिछाने, इन्द्रबहादुर तामाङ , जितेन्द्र नेपाली र दिपक बहादुर बस्नेतलाई प्रमुख अतिथी मेयर जिवनराज थापा, विशिष्ट अतिथी उपमेयर शारदा बिष्ट र सभाध्यक्ष सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी प्रवीण धितालले सम्मान गरेका थिए । सार्वजनिक यातायातको रुपमा रहेको अटो रिक्सालाई उक्त पुरस्कार कञ्चनपुर जिल्लामै पहिलो पटक प्रदान गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीले जनाएको छ ।

No description available.

कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट बोल्दै मेयर थापाले उपस्थित अटो चालकहरुलाई स्थानीय सरकारमा सवारी दर्ता गरि नियम संगत व्यवस्थित ढंगले मात्रै अटो चलाउन अनुरोध गरेका छन् । अटोले धेरैलाई रोजगारी दिएको छ, यस्लाई सुरक्षित साथ सञ्चालन गरि दुर्घटनाबाट रोक्ने चालकहरुलाई आज जस्तै आगामी दिनमा पनि अन्य चालकहरुलाई सम्मान गर्ने अवसर मिल्ने विश्वास लिएको मेयर थापले बताए । त्यस्तै सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी धितालले सर्वप्रथम सवारी नियम पालना गर्न सिक्नु नै चालकलाई सबैभन्दा ठूलो सफलता हुने बताए । “सडकमा सवारी चलाउदा दुर्घटना हुन सक्छ भन्ने कुरालाई ख्यालमा राख्न सके दुर्घटना न्यूनीकरण हुन्छ।”उनले भने “हामीले गति संग होइन, सुरक्षा संग प्रतिस्पर्धा गर्न आवश्यक छ ।” अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीका प्रमुख प्रहरी सहायक निरीक्षक हिक्मत सिंह महताको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले गरेका थिए ।

No description available.

ताजा समाचार