पुनर्वास – दुग्ध किसानहरुलाई बजार प्रवर्द्धनमा सहजता गर्न पुनर्वास नगरपालिका-९ स्थित नवोदय जनशक्ति युवा क्लबले दूध संकलन गर्न सुरु गरेको छ । शनिबार क्लबले एक औपचारिक कार्यक्रमका बीच पुनर्वासका नगर प्रमुख जिवनराज थापाले दुग्ध संकलन केन्द्र र क्लबको नव निर्मित भवनको उद्घाटन गर्नुभएको हो । क्लबका अध्यक्ष करन ऎडीको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको बिशिष्ट अतिथीमा शिवशक्ती दुग्ध सहकारी संस्थाका अध्यक्ष चक्रप्रसाद ओझा र नेपाली काङ्ग्रेसका नेता तोयाप्रसाद शर्मा आसिन रहनुभएको थियो ।

भने अतिथीमा शिवशक्ती सहकारीका व्यवस्थापक पुष्पराज ओझा,परोपकार युवा समाजका अध्यक्ष नवराज बुढा, परोपकार युवा समाजका सचिव ईश्वर बुढा, समाजसेवी बाबुराम तिमिल्सेना लगायतका विभिन्न व्यक्तिहरु आसिन हुनुहुन्थ्यो । कार्यक्रममा बोल्नुहुदै नगर प्रमुख थापाले कृषकहरुको उत्थान र कृषिमा आकर्षित गर्नका लागि नगरपालिकाले कृषिमा थुप्रै अनुदानका कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले कैलालीको धनगढीका प्रायः होटलहरुमा सबैभन्दा बढी दूध पुनर्वास नगरपालिका क्षेत्रबाट जाने गरेको दाबी गर्नुभयो । दूध संकलन गाउँमै हुन थालेपछी कृषकहरुले खुशी हुँदै सहजता गरिदिने क्लबलाई धन्यवाद दिनुभएको थियो ।

क्लबले किसानबाट संकलन गरेको दूध पुनर्वास-८, पृथ्वीबस्ती स्थित शिवशक्ति दुग्ध सहकारी संस्थालाई बिक्री गर्ने र सहकारीले कार्यक्रममै किसानहरुलाई नि:शुल्क दुई क्विन्टल घासको बिउँ समेत उपलब्ध गराएको क्लबका अध्यक्ष ऎडीले जानकारी दिनुभयो । परोपकार समाजका अध्यक्ष नवराज बुढाको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमलाई सञ्चालन समाजका सचिव ईश्वर बुढाले गर्नुभएको थियो ।

